Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

सर्वोत्तम सिमेन्टको नाफा ७.७०% बढ्यो, प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ

अ+ अ-

काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद नाफा १ अर्ब २ करोड ८२ लाख ४४ हजार रुपैयाँ थियो। एक वर्षमा कम्पनीको नाफा ७.७० प्रतिशतले बढेको हो।

कम्पनीको सञ्चालन आम्दानीमा पनि सुधार देखिएको छ। गत आवमा सर्वोत्तम सिमेन्टले १० अर्ब २५ करोड ८५ लाख २७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आवमा यस्तो आम्दानी ९ अर्ब ५३ करोड ७३ लाख ३३ हजार रुपैयाँ थियो।

कम्पनीको कुल नाफा पनि बढेको छ। अघिल्लो आवमा २ अर्ब ९५ लाख ८१ हजार रुपैयाँ रहेको कुल नाफा गत आवमा बढेर २ अर्ब ३२ करोड ३३ लाख ९० हजार रुपैयाँ पुगेको छ।

यस्तै, कम्पनीको कस्ट अफ सेल्स गत आवमा ७ अर्ब ९३ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको छ। अघिल्लो आवमा यस्तो खर्च ७ अर्ब ५२ करोड ७७ लाख ५२ हजार रुपैयाँ थियो।

कम्पनीको अन्य आम्दानीसमेत बढेको छ। गत आवमा अन्य आम्दानी १७ करोड ६९ लाख ५० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो आम्दानी १३ करोड ७६ लाख ७ हजार रुपैयाँ थियो।

गत आवमा कम्पनीको प्रशासनिक खर्च २५ करोड ७४ लाख ४२ हजार रुपैयाँ रहेको छ। त्यस्तै, बिक्री तथा वितरण खर्च ६५ करोड ६५ लाख ४७ हजार रुपैयाँ र कुल खर्च १ अर्ब १५ करोड ६३ लाख ९५ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो आवमा कम्पनीको प्रशासनिक खर्च २२ करोड ४२ लाख २७ हजार रुपैयाँ, बिक्री तथा वितरण खर्च ३३ करोड ९६ लाख ४५ हजार रुपैयाँ र कुल खर्च ८६ करोड १ लाख ६६ हजार रुपैयाँ रहेको थियो।

सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ रहेको छ। कम्पनीको अन्य इक्विटी ४ अर्ब ८७ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ कायम भएको छ।

समग्रमा सर्वोत्तम सिमेन्टले गत आवमा सञ्चालन आम्दानी, कुल नाफा र खुद नाफा बढाउन सफल भएको छ। वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँभन्दा माथि रहँदा प्रतिसेयर नेटवर्थ पनि २०० रुपैयाँनजिक पुगेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण भने अपरिष्कृत भएकाले अन्तिम वित्तीय अवस्था लेखापरीक्षणपछि थप स्पष्ट हुनेछ।

2