udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एनएमबि लघुवित्तको नाफा ८९८% उछालियो, वितरणयोग्य नाफा १० करोडभन्दा बढी

एनएमबि लघुवित्तको नाफा ८९८% उछालियो, वितरणयोग्य नाफा १० करोडभन्दा बढी
A A+ A-

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य वित्तीय सुधार गरेको छ। कम्पनीको खुद नाफा ८९८.४४ प्रतिशतले बढेर १४ करोड ७४ लाख १ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

नाफामा आएको ठूलो सुधारसँगै लघुवित्तको वितरणयोग्य नाफा पनि १० करोड रुपैयाँभन्दा माथि पुगेको छ। गत आवमा कम्पनीको वितरणयोग्य नाफा १० करोड ३१ लाख १९ हजार रुपैयाँ रहेको छ।

लघुवित्तको खुद ब्याज आम्दानीमा समेत उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आवमा ४३ करोड ९० लाख ६४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवमा बढेर ६४ करोड ३४ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

गत आवमा कम्पनीले ८ करोड १२ लाख ८६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। कुल सञ्चालन आम्दानी ७२ करोड ४७ लाख ७४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १९ करोड १७ लाख ५६ हजार रुपैयाँ रहेको छ।

लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि ठूलो सुधार देखिएको छ। अघिल्लो आवमा २.०५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत आवमा बढेर २०.४३ रुपैयाँ पुगेको छ।

एनएमबि लघुवित्तको चुक्ता पुँजी ७२ करोड १४ लाख १९ हजार रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा २५ करोड ५ लाख ९३ हजार रुपैयाँ सञ्चित रहेको छ।

कम्पनीले गत आवमा २ अर्ब १० करोड ७ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यस्तै, ६ अर्ब ९ करोड २६ लाख रुपैयाँ सापटी लिएर कुल ८ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

कर्जा लगानीसँगै खराब कर्जा अनुपातमा भने केही सुधार भएको कम्पनीको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आवमा १४.५१ प्रतिशत रहेको खराब कर्जा गत आवमा घटेर १३.१० प्रतिशतमा झरेको छ।

समग्रमा एनएमबि लघुवित्तको नाफामा असाधारण वृद्धि देखिएको छ। खुद ब्याज आम्दानीमा भएको विस्तार, सञ्चालन नाफामा सुधार र खराब कर्जा अनुपातमा आएको कमीले कम्पनीको वित्तीय अवस्थामा सुधार ल्याएको देखिन्छ। यद्यपि लघुवित्तको खराब कर्जा अझै उच्च तहमा रहेकाले आगामी दिनमा कर्जा असुली र सम्पत्तिको गुणस्तर सुधार मुख्य चुनौती बन्ने देखिन्छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action