udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मस्कको नयाँ एआई ‘सहकर्मी’ तयार, ग्रोक बोटले आफैं सम्हाल्नेछ काम

मस्कको नयाँ एआई ‘सहकर्मी’ तयार, ग्रोक बोटले आफैं सम्हाल्नेछ काम
A A+ A-

काठमाडौं । इलोन मस्कको स्वामित्वमा रहेको एक्सएआईले कर्सरसँगको सहकार्यमा ‘ग्रोक बोट’ नामक नयाँ एजेन्टिक एआई प्लेटफर्म सार्वजनिक गरेको छ। यसले प्रयोगकर्ताका लागि सहकर्मीझैँ काम गर्ने मात्र होइन, निर्देशन पाएपछि आफैं विभिन्न काम पूरा गर्न सक्नेछ।

ग्रोक बोटमार्फत प्रयोगकर्ताले व्यक्तिगत एआई एजेन्ट तयार गरेर टेक्स्ट म्यासेजमार्फत काम जिम्मा दिन सक्छन्। इमेल पठाउने, विभिन्न एप चलाउने, वेबसाइटमा काम गर्ने, खर्च विवरण व्यवस्थापन गर्ने, भर्तीसम्बन्धी काम सम्हाल्ने तथा सफ्टवेयरका समस्या समाधान गर्नेजस्ता काम बोटले प्रयोगकर्ताको तर्फबाट गर्न सक्ने एक्सएआईले जनाएको छ।

कम्पनीका अनुसार ग्रोक बोटले प्रयोगकर्ताले पहिलेदेखि प्रयोग गरिरहेका कम्प्युटर, वेबसाइट, एप तथा अन्य सेवामा लगइन गरेर काम गर्न सक्छ। यसका लागि छुट्टै जटिल वर्कफ्लो वा अटोमेसन प्रणाली तयार गर्नुपर्ने छैन। प्रयोगकर्ताले सहकर्मीलाई म्यासेज गरेजस्तै बोटलाई निर्देशन दिएपछि उसले काम अघि बढाउनेछ।

ग्रोक बोटको अर्को विशेषता यसको स्वायत्त क्षमता हो। सामान्य अवस्थामा यसले प्रयोगकर्ताको तर्फबाट स्वतन्त्र रूपमा काम गर्न सक्छ र मानवीय स्वीकृति आवश्यक पर्ने अवस्थामा मात्रै प्रयोगकर्तासँग अनुमति माग्नेछ। एक्सएआईले यस्ता बोटलाई निरन्तर सक्रिय रहने एजेन्टको टोलीका रूपमा प्रस्तुत गरेको छ।

प्रत्येक बोट आफ्नै क्लाउड कम्प्युटरमा सञ्चालन हुने कम्पनीले जनाएको छ। यसले पुराना कुराकानीसमेत सम्झिन सक्छ र प्रयोगकर्ताको काम गर्ने शैली तथा प्राथमिकता समयसँगै सिक्दै जान्छ। कुनै काम एकपटक सिकाएपछि त्यसलाई वर्कफ्लोका रूपमा सुरक्षित गरेर आवश्यक पर्दा आफैं दोहोर्याउन सक्ने क्षमता पनि यसमा छ।

एक्सएआईका अनुसार ग्रोक बोटको सुरुवात कम्पनीभित्रैको आन्तरिक प्रोटोटाइपका रूपमा भएको थियो। कर्मचारीहरूले यसलाई बिक्री, मार्केटिङ, नयाँ कर्मचारी भर्ती, कार्यालय सञ्चालन तथा सफ्टवेयरका बग समाधानजस्ता काममा प्रयोग गरेका थिए।

यसमा एउटै प्रयोगकर्ताले एकैपटक धेरै बोट सञ्चालन गर्न सक्नेछन्। तीमध्ये एउटालाई ‘चिफ अफ स्टाफ’को भूमिका दिएर अन्य विशेषज्ञ बोटको काम व्यवस्थापन गर्न सकिनेछ। विशेषज्ञ बोटले इमेल, खर्च, भर्ती वा प्राविधिक समस्या समाधानजस्ता छुट्टाछुट्टै जिम्मेवारी सम्हाल्न सक्छन्।

बोटहरूले एकअर्कालाई प्रत्यक्ष म्यासेज पठाउन, आवश्यक सन्दर्भ साझा गर्न र समूह च्याटमार्फत समन्वय गर्नसमेत सक्ने एक्सएआईले जनाएको छ।

हाल ग्रोक बोट सुपरग्रोक हेभी, कर्सर अल्ट्रा र कर्सर टिम्स प्रिमियम ग्राहकका लागि डेस्कटप र आईओएसमा बेटा संस्करणमा उपलब्ध छ। म्याक ओएसका लागि डाउनलोड गर्न मिल्ने संस्करण उपलब्ध भए पनि कर्पोरेट ग्राहकका लागि भने भविष्यको पहुँच लिन वेटलिस्टमा सहभागी हुनुपर्नेछ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action