Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

इरानको आक्रमण रोक्न यूएईले अर्बौं डलरको रोक्का सम्पत्ति र सुन फुकुवा गरेको दाबी

इरानको आक्रमण रोक्न यूएईले अर्बौं डलरको रोक्का सम्पत्ति र सुन फुकुवा गरेको दाबी
A A+ A-

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानको सम्भावित आक्रमण रोक्न यूएईका बैंकमा रोक्का रहेको इरानी सम्पत्ति फुकुवा गरेको दाबी गरिएको छ ।

द हर्मुज लेटरले वरिष्ठ इरानी स्रोतलाई उद्धृत गर्दै यूएईले २८ करोड ३० लाख डलर मूल्य बराबरको २ टन सुनसहित अर्बौं डलरका अन्य सम्पत्ति इरानलाई फिर्ता गरेको जनाएको छ ।

यो दाबी बिहीबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक भएको हो । यद्यपि, यूएई वा अमेरिकाले भने यसको आधिकारिक पुष्टि गरेका छैनन् ।

रिपोर्टअनुसार उक्त सम्पत्ति यूएईस्थित रोयल जेटले सञ्चालन गर्ने बोइङ ७३७–७केके बीबीजे विमानमार्फत इरान लगिएको थियो । विमानले मंगलबार र बुधबार अबु धाबीबाट तेहरानको मेहराबाद विमानस्थल र करजस्थित पायम विमानस्थलसम्म उडान गरेको बताइएको छ ।

क्ल्यास रिपोर्टले सार्वजनिक गरेको उडान विवरणअनुसार अगस्ट ११ मा विमान तेहरान क्षेत्रमा करिब एक घण्टा बसेको थियो । अगस्ट १२ मा भने तेहरानबाट करिब ४० किलोमिटर पश्चिममा रहेको करजको पायम विमानस्थलमा करिब ३० मिनेट बसेर फर्किएको थियो ।

यद्यपि, उडान विवरणले विमान इरान पुगेको पुष्टि गरे पनि त्यसमा इरानी रकम वा सुन नै लगिएको थियो भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यसअघि गत जुनमा रोयटर्सले पनि यूएईले तनाव कम गर्न इरानका लागि अर्बौं डलर फुकुवा गर्न सहमति जनाएको रिपोर्ट सार्वजनिक गरेको थियो । रोयटर्सका अनुसार यूएई १० देखि २० अर्ब डलरसम्म फुकुवा गर्न सहमत भएको र त्यसमध्ये ३ अर्ब डलरभन्दा बढी रकम पठाइसकिएको दाबी गरिएको थियो ।

तर, उक्त रकम यूएईको आफ्नै सम्पत्ति हो वा यूएईमा रोक्का रहेको इरानी सम्पत्ति हो भन्ने स्पष्ट थिएन । त्यतिबेला स्रोतहरूले रकम फुकुवाको उद्देश्य यूएईमाथि हुन सक्ने इरानी मिसाइल तथा ड्रोन आक्रमण रोक्नु र दुई देशबीचको सम्बन्ध सुधार गर्नु रहेको बताएका थिए ।

यूएईले भने त्यतिबेलाका रिपोर्टलाई झूटो र निराधार भन्दै अस्वीकार गरेको थियो । यूएईको विदेश मन्त्रालयले कुनै पनि रोक्का इरानी रकम फुकुवा वा हस्तान्तरण नगरिएको जनाएको थियो ।

पछिल्लो दाबीबारे पनि यूएईले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

2