udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ब्रिक्सको न्यु डेभलपमेन्ट बैंकमा इरान जोडिँदै, डलर निर्भरता घटाउने रणनीति

ब्रिक्सको न्यु डेभलपमेन्ट बैंकमा इरान जोडिँदै, डलर निर्भरता घटाउने रणनीति
A A+ A-

एजेन्सी । इरान छिट्टै ब्रिक्स राष्ट्रहरूले स्थापना गरेको न्यु डेभलपमेन्ट बैंक (एनडीबी)को सदस्य बन्ने भएको छ । इरानको केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेम्मतीले भारतमा हुने ब्रिक्स वित्त बैठकअघि इरान एनडीबीमा आबद्ध हुने बताएका हुन् ।

अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको इरानले एनडीबीको सदस्यतालाई वैकल्पिक वित्तीय माध्यमका रूपमा हेरेको छ । अमेरिकी डलरमा निर्भरता घटाउँदै उदीयमान अर्थतन्त्रहरूसँग आर्थिक सम्बन्ध विस्तार गर्ने तेहरानको रणनीति छ ।

तर, एनडीबीले भने इरानको सदस्यताबारे औपचारिक पुष्टि गरिसकेको छैन । बैंकको कर्पोरेट कम्युनिकेसन विभागले रोयटर्सलाई इरानको सदस्यताबारे तत्काल पुष्टि गर्न नसकिने जनाएको छ ।

इरान सन् २०२४ मा ब्रिक्सको विस्तारसँगै समूहको सदस्य बनेको थियो । त्यसयता उसले एनडीबीको सदस्य तथा सेयरधनी बन्ने इच्छा व्यक्त गर्दै आएको थियो ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले पूर्वाधार तथा दिगो विकासका आयोजनामा लगानी गर्ने उद्देश्यले सन् २०१५ मा एनडीबी स्थापना गरेका थिए । पछिल्लो समय बैंकले यूएई, इजिप्टलगायतका उदीयमान अर्थतन्त्रलाई पनि सदस्य बनाएको छ । गत जुन ५ मा उज्वेकिस्तान बैंकको १०औँ सदस्य बनेको थियो ।

गभर्नर हेम्मतीका अनुसार ब्रिक्स राष्ट्रहरूबीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउन एनडीबी महत्वपूर्ण माध्यम बन्न सक्छ । इरानले ब्रिक्स सदस्यहरूसँग राष्ट्रिय मुद्रामै व्यापार गर्ने तथा द्विपक्षीय र त्रिपक्षीय मौद्रिक सहकार्य विस्तार गर्ने प्रयास गरिरहेको उनले बताएका छन् ।

ब्रिक्स राष्ट्रहरूले पछिल्लो समय व्यापार तथा वित्तीय कारोबारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग बढाउँदै अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीति अघि बढाइरहेका छन् ।

एनडीबीको नियमअनुसार संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू बैंकको सदस्य बन्न सक्छन् । सदस्य राष्ट्रले बैंकबाट ऋण लिन सक्ने वा सेयरधनीका रूपमा मात्र सहभागी हुन सक्ने व्यवस्था रहेको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action