Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

७७% ऋणी कम्पनी जोखिमको श्रेणीमा, बैंकिङ क्षेत्रमा बढ्दो दबाब

७७% ऋणी कम्पनी जोखिमको श्रेणीमा, बैंकिङ क्षेत्रमा बढ्दो दबाब
A A+ A-

काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता र ब्याजदर न्यून भए पनि बैंकबाट कर्जा लिएका अधिकांश कम्पनीको वित्तीय अवस्था कमजोर देखिएको छ।

इक्रा नेपालको पछिल्लो ‘Nepalese Banking Sector Performance Update and Outlook’ प्रतिवेदनअनुसार, करिब ४ हजार कम्पनीको क्रेडिट रेटिङमध्ये ७७ प्रतिशत कम्पनी नन–इन्भेस्टमेन्ट ग्रेडमा छन्। केवल २३ प्रतिशत कम्पनी मात्रै इन्भेस्टमेन्ट ग्रेडमा परेका छन्।

इक्राका अनुसार, धेरै ऋणी कम्पनीको पछिल्लो कर्जा भुक्तानीमा १५ देखि २५ प्रतिशतसम्म अनियमितता देखिएको छ। ब्याजदर घट्दा केही सुधार आए पनि आम्दानी र नगद प्रवाहमा सुधार नभएसम्म ऋणीको जोखिम पूर्ण रूपमा घट्ने अवस्था छैन।

यद्यपि, रेटिङ सुधार हुने कम्पनीको अनुपात आर्थिक वर्ष २०८१/८२ को १६ प्रतिशतबाट २०८२/८३ को पुससम्म ३७ प्रतिशत पुगेको छ। ऊर्जा तथा पूर्वाधार परियोजना सञ्चालनमा आउँदा केही कम्पनीको आम्दानी र नगद प्रवाह सुधारिएको इक्राले जनाएको छ।

बैंकको ठूलो हिस्सा कर्जा धितोमा सुरक्षित भए पनि कमजोर घरजग्गा बजारका कारण धितो बिक्री गरेर कर्जा असुल गर्न चुनौती रहेको प्रतिवेदनले उल्लेख गरेको छ।

गैरबैंकिङ सम्पत्तिसमेत समायोजन गर्दा बैंकिङ क्षेत्रको औसत खराब कर्जा अनुपात ६.४० प्रतिशत पुगेको इक्राले जनाएको छ।

2