Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

नेप्सेमा अब बजार समयबाहेक पनि सेयर अर्डर राख्न सकिने

नेप्सेमा अब बजार समयबाहेक पनि सेयर अर्डर राख्न सकिने
नेपाल स्टक एक्सचेन्जको केन्द्रीय कार्यालय।
A A+ A-

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबारदेखि टिएमएसमा आफ्टर मार्केट्स अर्डर सुविधा लागू गरेसँगै लगानीकर्ताले नियमित कारोबार समयबाहेक पनि सेयर खरिद–बिक्रीको अर्डर राख्न सक्ने भएका छन्।

यसअघि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र अर्डर राख्न सकिन्थ्यो। नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले बजार खुल्नुअघि वा बन्द भएपछि पनि अर्डर राख्न सक्नेछन्, जुन नियमित कारोबार सुरु भएपछि तोकिएको प्रक्रियाअनुसार एक्सचेन्जमा पठाइनेछ।

अर्डर राख्दा अघिल्लो दिनको अन्तिम कारोबार मूल्यभन्दा १५ प्रतिशतसम्म घटबढ हुने मूल्य तोक्न सकिनेछ। तर प्रि–ओपन सेसनमा ३ प्रतिशतको सीमाभित्रका अर्डर मात्र स्वतः एक्सचेन्जमा जानेछन्। बाँकी अर्डर तोकिएको मूल्य दायरामा पुगेपछि मात्रै पठाइनेछ।

यो सुविधा लिमिट अर्डरमा मात्र उपलब्ध हुनेछ। अर्डर एक कारोबार दिनका लागि मात्र मान्य हुनेछ र कारोबार नभए दिनको अन्त्यमा स्वतः रद्द हुनेछ।

अर्डर राख्दा खरिदकर्ताको खातामा पर्याप्त कोल्याटरल र बिक्रीकर्ताको डिम्याट खातामा आवश्यक सेयर भए–नभएको प्रणालीले जाँच गर्नेछ। पर्याप्त रकम वा सेयर नभए अर्डर अस्वीकृत हुनेछ।

एकपटक अर्डर नेप्सेको एक्सचेन्ज प्रणालीमा पठाइसकेपछि भने त्यसलाई संशोधन वा रद्द गर्न सकिने छैन।

2