udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दैनिक ५० खपत हुने होटलमा १८४ सिलिन्डर ‘लुकाएको’ आरोप कति जायज ?

दैनिक ५० खपत हुने होटलमा १८४ सिलिन्डर ‘लुकाएको’ आरोप कति जायज ?
A A+ A-

काठमाडौं । राजधानीको पाँचतारे होटल र्‍याडिसनमा १८४ वटा एलपी ग्यास सिलिन्डर भेटिएपछि सरकारी अनुगमन र होटल व्यवसायबीचको दूरी सतहमा आएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा नेपाल ग्यासका ११७ र एसटीसी ग्यासका ६७ सिलिन्डर फेला पारेको थियो । तीमध्ये करिब ७० वटा सिलिन्डर होटलका चुलोमा प्रयोग भइरहेका थिए । बाँकी मौज्दातलाई लिएर विभागले ‘ग्यास लुकाएर राखेको’ आशंका सार्वजनिक गरेपछि प्रश्न उठेको छ, सयौं कर्मचारी, सयौं पाहुना, रेष्टुरेन्ट तथा बैंक्वेट सञ्चालन गर्ने पाँचतारे होटलको १८४ सिलिन्डर मौज्दात वास्तवमै अस्वाभाविक हो ?

१८४ सिलिन्डर, दैनिक खपत ५० भन्दा बढी

होटल व्यवसायीहरूका अनुसार पाँचतारे होटलमा सामान्य अवस्थामा दैनिक ५० वटाभन्दा बढी सिलिन्डर खपत हुन्छ । अझ न्यूनतम ३० सिलिन्डर दैनिक खपत हुने आधारमा हिसाब गर्दा पनि र्‍याडिसनमा भेटिएको १८४ सिलिन्डर करिब ६ दिनको खपत मात्र हो । तर, अनुगमनका बेला करिब ७० सिलिन्डर चुलोमै प्रयोग भइरहेको भएकाले तत्काल प्रयोगमा नभएको मौज्दात अझ कम हुन्छ ।

व्यवसायीहरूको दाबीलाई ५० सिलिन्डर दैनिक खपतको आधारमा हेर्दा १८४ सिलिन्डर जम्मा ३.७ दिनको आवश्यकताका लागि पुग्छ । अर्थात् सामान्य सञ्चालनका लागि समेत लामो समय धान्ने स्टक नभएको उनीहरूको तर्क छ ।

होटल व्यवसायमा आपूर्ति अवरोध, बन्द, ढुवानी समस्या वा अन्य संकट आउन सक्ने अवस्थालाई ध्यानमा राखेर सामान्यतया केही दिनको अतिरिक्त स्टक राख्नुपर्ने व्यवसायीहरूको भनाइ छ । यस्तो अवस्थामा र्‍याडिसनमा भेटिएको परिमाणलाई ‘लुकाइएको ग्यास’ भन्दा पनि सञ्चालन निरन्तरताका लागि राखिएको सामान्य मौज्दातका रूपमा हेर्नुपर्ने उनीहरूको तर्क छ ।

सरकारी अनुगमन कि निजी क्षेत्रमाथि मनोवैज्ञानिक दबाब ?

होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले गलत नियत नराखी व्यवसाय सञ्चालनका लागि राखिएको स्टकलाई ‘लुकाइएको’ भनेर सरकारी तहबाटै नकारात्मक सन्देश दिनु उचित नभएको बताएका छन् । हानका प्रतिनिधिहरूले होटलमा पुगेर वास्तविक अवस्था बुझिरहेको र अध्ययनपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

काठमाडौं म्यारियटका सञ्चालक शशीकान्त अग्रवालका अनुसार संकटका बेला होटलजस्ता अत्यावश्यक प्रतिष्ठानलाई ग्यास उपलब्ध गराउने सुनिश्चितता राज्यले गर्नुपर्ने हो । व्यवसायीले सम्भावित आपूर्ति अवरोधबाट जोगिन राखेको स्टकमाथि कारबाहीको दृष्टिले हेर्नुभन्दा नियमित आपूर्ति सुनिश्चित गर्नु राज्यको प्राथमिकता हुनुपर्ने उनको तर्क छ ।

यहाँ मुख्य प्रश्न अनुगमनको विरोध होइन । प्रश्न हो—होटलले कति ग्यास राख्न पाउने भन्ने स्पष्ट मापदण्ड के हो ? व्यावसायिक प्रयोजनका लागि ग्यास खरिद गर्ने होटलले कति दिनको स्टक राख्न पाउने भन्ने स्पष्ट नियम छ भने त्यसकै आधारमा कारबाही हुनुपर्छ । तर, स्पष्ट मापदण्डबिना ठूलो होटलको केही दिनको सञ्चालन धान्ने मौज्दातलाई ‘लुकाइएको’ संज्ञा दिइए त्यसले निजी क्षेत्रलाई अनावश्यक रूपमा त्रसित पार्न सक्छ ।

प्रधानमन्त्रीको आश्वासन र सरकारी निकायको व्यवहारमा विरोधाभास

सरकार र पर्यटन व्यवसायीबीचको सम्बन्धमा यो घटना थप संवेदनशील देखिन्छ । गत असार ३१ गते प्रधानमन्त्री बालेन्द्र शाहले होटल एसोसिएसन अफ नेपालका पदाधिकारीसँगको भेटमा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सरकारको साथ रहने बताएका थिए । उनले व्यवसायीलाई ‘अब तपाईंहरूको चिन्ता अन्त्य हुन्छ’ भन्दै ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गरेका थिए ।

तर, डेढ महिना नबित्दै सरकारकै मातहतको निकायले होटलमा रहेको व्यावसायिक स्टकमाथि शंका गर्दै सार्वजनिक रूपमा प्रश्न उठाएपछि सरकारी आश्वासन र प्रशासनिक व्यवहारबीचको विरोधाभास देखिएको व्यवसायीहरूको भनाइ छ ।

होटल उद्योगका लागि ग्यास, पानी, विद्युत् जस्ता आधारभूत सेवा विलासिता होइनन्, सञ्चालनका अनिवार्य पूर्वाधार हुन् । विशेषगरी पाँचतारे होटलमा भान्सा बन्द हुँदा त्यसको असर सयौं कर्मचारी र पाहुनामा मात्र सीमित हुँदैन, विदेशी पर्यटकले पाउने सेवाको गुणस्तर र नेपालको पर्यटन छविसम्म पुग्न सक्छ ।

त्यसैले बजारमा ग्यास अभाव भए त्यसको समाधान होटलको स्टक नियन्त्रण गर्नु मात्र नभई आपूर्ति प्रणाली सुधार गर्नु हो । उपभोक्ताले सहज रूपमा ग्यास नपाउने अवस्थामा राज्यले वितरण प्रणाली व्यवस्थित गर्नुपर्ने व्यवसायीहरूको तर्क छ ।

सरकारले वास्तवमै ग्यासको कालोबजारी, कृत्रिम अभाव वा अनधिकृत भण्डारण नियन्त्रण गर्न खोजेको हो भने अनुगमन आवश्यक छ । तर, त्यसका लागि व्यावसायिक खपत र अवैध भण्डारणबीचको स्पष्ट सीमा तोक्नुपर्छ । अन्यथा १८४ सिलिन्डरको यो घटना ग्यास नियन्त्रणभन्दा पनि संकटको समयमा व्यवसायीले राखेको सामान्य स्टकमाथि सरकारी दृष्टिकोण कस्तो छ भन्ने बहसको विषय बन्ने देखिन्छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action