Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

चीनमा मुद्दा जितेर नबिलबैंकले ल्यायो १ अर्बभन्दा बढी

अ+ अ-

काठमाडौं। नबिल बैंकले चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपविरुद्ध चीनमा दायर मुद्दा जित्दै १ अर्ब रुपैयाँभन्दा बढी रकम नेपाल भित्र्याएको छ।

त्रिशूली–३बी जलविद्युत् आयोजनाको निर्माण ठेक्का पाएको सुइफाले सम्झौताअनुसार काम अघि बढाउन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले नबिल बैंकसँग काउन्टर ग्यारेन्टीबापतको रकम दाबी गरेको थियो। नबिलले प्राधिकरणलाई करिब ७.४५ मिलियन अमेरिकी डलर भुक्तानी गरेको थियो।

चीनको चाइना एभरब्राइट बैंकले नबिलको काउन्टर ग्यारेन्टीमा प्रत्याभूति दिएको थियो। रकम भुक्तानीको विषयमा सुइफाले चिनियाँ अदालतबाट स्टे अर्डर लिएपछि नबिलले चीनमै पुगेर मुद्दा लडेको थियो।

नबिलका डेपुटी प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईँका अनुसार बैंकले चीनको फाइनान्सियल कोर्ट र पुनरावेदन तह दुवैमा मुद्दा जितेको हो। यसबाट प्रोभिजनमा राखिएको रकम रिकभर गर्दा कर तथा कर्मचारी खर्च कटाएर बैंकको नाफामा करिब ६३ करोड रुपैयाँ योगदान भएको उनले बताए।

बजगाईँका अनुसार नबिलको नाफा बढ्नुमा उक्त रकमसँगै खराब कर्जा असुलीमा बैंकको सक्रियता पनि प्रमुख कारण हो। गत आर्थिक वर्ष बैंकले ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ।

उनका अनुसार अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि व्यवसायीको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किएको छैन। नीतिगत र राजनीतिक स्थिरता कायम भए निजी लगानी र आर्थिक गतिविधि थप विस्तार हुने उनको भनाइ छ।

2