Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

नेपालमा साइबर अपराधका उजुरी एक वर्षमै २० हजार नाघे

नेपालमा साइबर अपराधका उजुरी एक वर्षमै २० हजार नाघे
A A+ A-

काठमाडौं। नेपालमा साइबर अपराधसम्बन्धी उजुरी तीव्र रूपमा बढेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै २० हजार ५२६ वटा साइबर अपराधसम्बन्धी निवेदन दर्ता भएका छन्।

यो संख्या अघिल्लो आर्थिक वर्षको १८ हजार ९२६ भन्दा १ हजार ६०० बढी हो। आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ७३० निवेदन दर्ता भएका थिए।

गत आवमा साइबर अपराधसम्बन्धी १६१ वटा मुद्दा दर्ता हुँदा १५५ जना पक्राउ परेका छन्।

दर्ता उजुरीमध्ये सबैभन्दा धेरै फेसबुक–म्यासेन्जर दुरुपयोगका ७ हजार १२३ र टिकटकसम्बन्धी ६ हजार ७७६ वटा छन्। ह्वाट्सएपका ३ हजार १०५, टेलिग्रामका १ हजार ३१ र इन्स्टाग्रामका ६२८ वटा उजुरी परेका छन्।

साइबर ब्यूरोका अनुसार बैंक तथा डिजिटल वालेटको कर्मचारी बनेर ठगी गर्ने, गिफ्ट वा पार्सलको बहानामा पैसा माग्ने, प्रेम सम्बन्धमार्फत ठगी गर्ने, वैदेशिक रोजगारी तथा अनलाइन रोजगारीको प्रलोभन देखाउने र अनलाइन सपिङका नाममा ठगी गर्ने प्रवृत्ति बढ्दो छ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल, अकाउन्ट ह्याकिङ र अनधिकृत पहुँचका घटना पनि बढिरहेका छन्। ब्यूरोले सीमित स्रोतसाधनका बाबजुद प्रविधिको प्रयोग गर्दै यस्ता अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याइरहेको जनाएको छ।

नेपाल सरकारले २०७५ जेठ २७ गते साइबर अपराधको रोकथाम तथा अनुसन्धानका लागि साइबर ब्यूरो स्थापना गरेको थियो। साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही हुँदै आएको छ।

2