Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

पर्यटन बोर्डको बजेट प्रवर्द्धनमै केन्द्रित

अ+ अ-

काठमाडौं । नेपाल पर्यटन बोर्डको आगामी बजेट भौतिक पूर्वाधार र नयाँ आयोजनाभन्दा पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल गनेसले बोर्डले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पूर्वाधार र स्थायी संरचनामा बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य गरिने बताएका छन्।

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स नाट्टाको ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले आधारभूत सुविधाबाहेक नयाँ पूर्वाधारमा लगानी नगर्ने नीति अघि सारिएको बताए। उनका अनुसार विगतदेखि सञ्चालनमा रहेका क्रमागत पूर्वाधारबाहेक बोर्डको आगामी बजेटलाई मूलतः पर्यटन प्रवर्द्धनमा केन्द्रित गरिनेछ।

मन्त्री पौडेलले निजी क्षेत्रले अपेक्षा गरेअनुसार प्रवर्द्धनमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन्। पर्यटन बोर्डको स्रोत पूर्वाधार निर्माणमा छरिनुभन्दा नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

अहिले बोर्डको आगामी बजेट निर्माणको अन्तिम तयारी भइरहेको छ। बजेट तर्जुमाका लागि बोर्ड सञ्चालक समिति सदस्य सन्तोष पोखरेलको संयोजकत्वमा बजेट निर्माण उपसमिति गठन भई मस्यौदा तयार गर्ने काम अघि बढिरहेको छ। उपसमितिले तयार गर्ने बजेट मस्यौदालाई बोर्ड सञ्चालक समितिले अन्तिम स्वीकृति दिनेछ।

मन्त्री पौडेलले पर्यटन उद्योगको विस्तारमा निजी क्षेत्रको भूमिका निर्णायक रहेको उल्लेख गर्दै सरकार र व्यवसायीबीच सहकार्य बलियो बनाउनुपर्ने बताए। पर्यटन प्रवर्द्धनमा सरकारी बजेटसँगै निजी क्षेत्रको लगानी र व्यावसायिक योजनालाई समेत जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

उनले नेपाल वायुसेवा निगमको सुधारलाई पनि प्राथमिकतामा राखिने बताए। राष्ट्रिय ध्वजावाहकको सेवा प्रभावकारी बनाउन सके पर्यटक आगमन र नेपालको पर्यटन बजार विस्तारमा प्रत्यक्ष प्रभाव पर्ने सरकारको बुझाइ छ।

त्यस्तै, नेपाललाई युरोपेली युनियनको हवाई सुरक्षा सूचीबाट हटाउने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको मन्त्री पौडेलले बताए। उनले आगामी सात महिनाभित्र नेपाललाई उक्त सूचीबाट हटाउन पूर्ण पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री पौडेलले आगामी वर्षहरूमा नेपाललाई ‘आरोग्य पर्यटन’ अर्थात् वेलनेस टुरिजमको गन्तव्यका रूपमा विकास गर्ने रणनीतिसमेत अघि सारेका छन्। प्राकृतिक वातावरण, योग, आयुर्वेद, स्वास्थ्य तथा आरामसँग जोडिएका पर्यटन गतिविधिलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने सरकारको योजना रहेको उनले बताएका छन्।

पर्यटन बोर्डको बजेट संरचनामा प्रस्तावित यो परिवर्तनले बोर्डको प्राथमिकता पूर्वाधार निर्माणबाट पर्यटन बजार विस्तारतर्फ सार्न खोजिएको देखाउँछ। अब बजेटको प्रभावकारिता नयाँ संरचना निर्माणमा होइन, नेपालमा कति पर्यटक ल्याउन सकियो, पर्यटकको बसाइ कति लम्ब्याउन सकियो र उनीहरूको खर्च स्थानीय अर्थतन्त्रमा कति फैलाउन सकियो भन्ने परिणामबाट मापन हुने देखिन्छ।

2