udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सडक अवरुद्ध हुँदा २६ दिनदेखि तातोपानी नाका ठप्प

सडक अवरुद्ध हुँदा २६ दिनदेखि तातोपानी नाका ठप्प
A A+ A-

सिन्धुपाल्चोक। सडक अवरुद्ध भएपछि नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी २६ दिनदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । सडकमा पहिरो गएपछि नाकाबाट हुने आयात–निर्यात प्रायः ठप्प भएको छ ।

बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा नाका प्रभावित भएको हो । २६ किलोमिटर लामो उक्त सडकखण्डअन्तर्गत भोटेकोसी गाउँपालिका–२ को कोदारी (इको) क्षेत्रमा असार ३१ गते गएको पहिरोले सडक भासिएपछि नेपाल र चीनबीचको सडक सञ्जाल विच्छेद भएको छ ।

अरनिको राजमार्गअन्तर्गत डाक्लाङमा साउन ३ गतेदेखि र लिपिङ बजारनजिक साउन १९ गतेदेखि वर्षाका कारण सडक अवरुद्ध छ । कोदारी, डाक्लाङलगायत क्षेत्रमा पहिरो जाने क्रम अझै नरोकिएको स्थानीयले बताएका छन् ।

तातोपानी भन्सारबाट आयात–निर्यात ठप्प हुँदा नेपालतर्फ मात्र नभई चीनतर्फका गोदाम तथा सडकमा समेत ठूलो परिमाणमा मालवस्तु रोकिएका छन् । भन्सार कार्यालयका अनुसार चीनको सिगात्से, ल्हासा र न्यालमलगायत क्षेत्रमा दसैँ–तिहार लक्षित सामग्री, स्याउ, लसुन तथा उद्योग निर्माणमा प्रयोग हुने सामग्री बोकेका करिब ५०० कन्टेनर रोकिएका छन् । नेपालतर्फ कोदारी क्षेत्रमा थप ४६ कन्टेनरमा करिब २० अर्ब रुपैयाँभन्दा बढीका सामान रोकिएका छन् ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार सरकारले चालु आर्थिक वर्षमा तातोपानी भन्सारबाट २५ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । तर सडक अवरुद्ध हुँदा भन्सारको कामसमेत प्रभावित भएको छ ।

“सडक अवरुद्ध हुने क्रम जारी छ । भन्सारबाट कुनै काम हुन सकेको छैन,” गिरीले भने, “दुई देशबीचको व्यापारमा मात्र होइन, आवतजावतमा समेत कठिनाइ भएको छ ।”

तातोपानी सुक्खा बन्दरगाह भोटेकोसीको लार्चामा पहिरोको जोखिमयुक्त क्षेत्रमा रहेकाले माथिबाट पहिरो खस्ने गरेको उनले बताए ।

सडक अवरुद्ध हुँदा तातोपानी नाकामार्फत व्यापार गर्ने व्यवसायीसमेत ठूलो समस्यामा परेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार व्यापार प्रभावित हुँदा व्यवसायीसँगै करिब ६४० मजदुर तथा ट्रान्सपोर्ट र भन्सारसम्बन्धी काम गर्ने करिब ३०० कामदारको रोजगारी प्रभावित भएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घलगायत व्यापारिक संस्थाले विज्ञप्तिमार्फत उत्तरी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

तातोपानी नाकाबाट तयारी पोशाक, जलविद्युत् आयोजनाका हेभी इक्विपमेन्ट, कृषि औजार, जुत्ता–चप्पल, स्टेशनरी, फर्निचर, खेलौना, फलफूल, शृङ्गार सामग्री, बीउबिजन, विद्युतीय सवारीसाधन, कम्प्युटर पार्टपुर्जा तथा उद्योगका कच्चा पदार्थलगायत वस्तु आयात हुँदै आएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले नाका अवरुद्ध हुँदा व्यवसायी ठूलो मारमा परेको बताए । “नेपाली बजारमा पाइने धेरै उपभोग्य वस्तु चीनबाट आयात हुने गरेको छ,” उनले भने, “तर सरकारले नाका सहज बनाउन पर्याप्त ध्यान दिएको देखिएन ।”

चाडपर्वको समयमा आयात व्यापारको आकार बढ्ने भए पनि सडक अवरुद्ध हुँदा हरेक वर्ष यस्तै समस्या दोहोरिने गरेको व्यवसायीको भनाइ छ । गत वर्ष पनि असारदेखि असोजसम्म सोही क्षेत्रमा सडक अवरुद्ध हुँदा दसैँ–तिहारका लागि आयात गरिएका सामान नेपाल भित्रिन सकेका थिएनन् ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार डाक्लाङ, घट्टेखोला र इको क्षेत्रमा गएको पहिरोका कारण आवतजावतमा समस्या भएको छ ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले इको पहिरो नियन्त्रणका लागि चिनियाँ अनुदान प्राप्त भए पनि समयमै काम सुरु हुन नसक्दा समस्या बढेको बताए । उनका अनुसार पहिरोका कारण कोदारी थामी गाउँमा रहेका करिब ६० परिवार जोखिममा छन् । चारकिलोको पहिरोमाथि रहेको पन्थली गाउँका ५० भन्दा बढी घरसमेत जोखिममा रहेको उनले बताए ।

भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले वर्षायाम सुरु भएपछि मात्रै पहिरो नियन्त्रणको काम थाल्ने प्रवृत्तिका कारण हरेक वर्ष समस्या दोहोरिने गरेको बताए । “वर्षा सुरु हुनेबित्तिकै माथिबाट लेदो बगेर सडक नै बगाइदिने समस्याका कारण व्यवसायी मर्कामा छन्,” उनले भने, “वर्षा लागेपछि पहिरो जाने र त्यसपछि मात्रै काम सुरु गर्ने परिपाटीले सास्ती भोग्नुपरेको छ ।”

2

Einen Blick wert — crypto casino für spannende Casino-Action