udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपालका ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपालका ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट
A A+ A-

काठमाडौं । क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का आठ फाइनलिस्टले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग भेट गरेका छन्। शुक्रबार चौधरी ग्रुपको सानेपास्थित कार्यालयमा भएको भेटमा चौधरीले बाल प्रतिभाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको आगामी सांगीतिक यात्राका लागि शुभकामना व्यक्त गरे।

सीजी फुड्सको लोकप्रिय ब्रान्ड क्विक्स स्न्याक्स मुख्य प्रायोजक रहेको भ्वाइस किड्स नेपाल सिजन–५ मा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्दै आएका छन्। प्रतियोगिताको अन्तिम चरणमा ४८ प्रतिस्पर्धीलाई पछि पार्दै आठ प्रतिभा फाइनलमा पुगेका हुन्।

प्रतियोगिताको ग्राण्ड फिनाले शनिबार आयोजना हुँदैछ। अन्तिम प्रतिस्पर्धाबाट विजेता बन्ने प्रतिभालाई क्विक्स स्न्याक्सले ब्रान्ड एम्बेसडर नियुक्त गर्ने सीजी फुड्सले जनाएको छ। ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट शनिबार राति ८ बजेदेखि हुनेछ।

भेटका क्रममा निर्वाण चौधरीले बाल प्रतिभाको विकासका लागि उचित अवसर र निरन्तर प्रोत्साहन आवश्यक रहेको बताए। उनले बालबालिकामा रहेको प्रतिभा पहिचान गरी त्यसलाई अघि बढ्ने अवसर उपलब्ध गराउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।

चौधरीले सीजी फुड्स र क्विक्स स्न्याक्स युवा प्रतिभाको विकास तथा उनीहरूको सिर्जनात्मक यात्रामा सकारात्मक साथ दिन प्रतिबद्ध रहेको बताए। प्रतिभावान बालबालिकालाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने यस्ता कार्यक्रमले नेपाली संगीतको भविष्यलाई थप बलियो बनाउने उनको भनाइ थियो।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action