udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश
A A+ A-

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा सर्वोच्च अदालतले त्यसलाई थप सार्वजनिक नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एनसेल आजियाटा लिमिटेडले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न आदेश दिएको हो ।

सर्वोच्चले प्रतिवेदनमा कम्पनीको व्यावसायिक गोप्यता, लगानीसम्बन्धी विवरण तथा आन्तरिक सञ्चालन पद्धतिजस्ता संवेदनशील सूचना समावेश रहेको उल्लेख गरेको छ । त्यस्ता विवरण सार्वजनिक गर्दा संविधानको धारा २८ ले सुनिश्चित गरेको गोपनीयताको हक, व्यक्तिगत गोपनीयतासम्बन्धी ऐन २०७५, आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐनका प्रावधान प्रभावित हुन सक्ने अदालतको ठहर छ ।

अदालतले व्यापारिक सूचना सार्वजनिक गर्दा लगानीकर्तामा जोखिम उत्पन्न हुनुका साथै कम्पनी सञ्चालनमा समेत विभिन्न कठिनाइ आउन सक्ने अवस्था देखिएको आदेशमा उल्लेख गरेको छ ।

सरकारले गत साउन २६ गते पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर एनसेलले प्रतिवेदनमा आफ्ना व्यावसायिक गोप्यता भंग हुने विवरण रहेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रतिवेदन सार्वजनिक नगर्न वा नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

यसअघि प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उच्च अदालत पाटनमा समेत रिट परेको थियो । उच्च अदालतले प्रतिवेदनमा मुलुकको आर्थिक, भौतिक तथा व्यवस्थापकीय हितसँग सम्बन्धित विषय रहेको भन्दै सूचनाको हकसम्बन्धी ऐनअनुसार त्यसलाई सार्वजनिक गर्न नमिल्ने ठहर गर्दै रिट खारेज गरेको थियो । सर्वोच्चले आफ्नो आदेशमा उक्त निर्णयलाई समेत उल्लेख गरेको छ ।

एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा प्रश्न उठेपछि नेपाल सरकारले २०८० मंसिर २१ गते पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिले २०८० माघ १५ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

सर्वोच्चले विपक्षी नेपाल सरकार तथा मन्त्रिपरिषद्सहितलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश दिएको छ ।

यससँगै सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदनको विषय पुनः अदालतको आदेशका कारण रोकिएको छ । अब प्रतिवेदनमा रहेका विवरण सार्वजनिक गर्न मिल्ने वा नमिल्ने विषयको अन्तिम टुंगो मुद्दाको सुनुवाइबाट हुने भएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action