Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

सातामा सुन तोलामा ४ हजार ७०० रुपैयाँ बढ्यो

अ+ अ-

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यमा उतारचढाव देखिए पनि समग्रमा भाउ बढेको छ। गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्म सुनको मूल्य तोलामा ४ हजार ७०० रुपैयाँले बढेको हो। गत शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन यो शुक्रबार ३ लाख १ हजार ६०० रुपैयाँमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको थियो।

सोमबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा झरेको थियो। मंगलबार पुनः उच्च वृद्धि हुँदै सुनको भाउ एकैदिन तोलामा ६ हजार ४०० रुपैयाँले बढेको थियो। त्यसदिन सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ पुगेको थियो।

बुधबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भयो। बिहीबार पनि भाउ तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको थियो।

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। शुक्रबार मात्रै सुन तोलामा ४ हजार ६०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार बन्द भएको हो।

यसरी साताभरमा सुनको मूल्यमा ठूलो उतारचढाव भए पनि सुरुवाती मूल्यको तुलनामा अन्तिम दिनसम्म आइपुग्दा तोलामा ४ हजार ७०० रुपैयाँको वृद्धि भएको छ।

चाँदीको मूल्य पनि यो साता बढेको छ। गत साताको शुक्रबार प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबारसम्म ८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६६० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँ पुगेको थियो। सोमबार थप २५ रुपैयाँ बढेर ४ हजार ६७० रुपैयाँ पुगेको चाँदी मंगलबार ११० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ७८० रुपैयाँ पुगेको थियो।

बुधबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँमा झरेको थियो। बिहीबार भने ५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७५० रुपैयाँ पुगेको थियो।

साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६६० रुपैयाँ कायम भएको छ। यससँगै गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्म चाँदी तोलामा ८० रुपैयाँले महँगिएको छ।

2