Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी

अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गरेपछि रणनीतिक महत्वको ‘स्ट्रेट अफ होर्मुज’ लाई संयुक्त राज्य अमेरिकाको भूभाग घोषणा गर्ने दाबी गरेका छन्। उनले मध्यपूर्वमा युद्ध सुरु भएयता इरानले प्रभावकारी रूपमा बन्द गरेको भनिएको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गरेका हुन्।

न्युयोर्क राज्यको एक प्रहरी एकेडेमीमा आयोजित राजनीतिक सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानलाई पराजित गरेपछि स्ट्रेट अफ होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने बताएका हुन्।

ट्रम्पले भनेका छन्, “इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि म चाँडै नै ‘स्ट्रेट अफ होर्मुज’ संयुक्त राज्य अमेरिकाको भूभाग घोषणा गर्नेछु।”

तर, ट्रम्पको उक्त भनाइलाई ह्वाइट हाउसका एक अधिकारीले पछि ठट्टाका रूपमा गरिएको टिप्पणी भएको स्पष्ट पारेको वाल स्ट्रिट जर्नलले जनाएको छ।

ट्रम्पको भनाइप्रति इरानले भने कडा प्रतिक्रिया जनाएको छ। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै स्ट्रेट अफ होर्मुज इरानको थियो, इरानकै हो र इरानकै रहने बताएका छन्। उनले स्ट्रेट अफ होर्मुज बन्द वा खुला गर्ने निर्णय इरानले मात्र गर्ने दाबीसमेत गरेका छन्।

ट्रम्पले इजरायलसँगको सहकार्यमा फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए। त्यसयता इरानले स्ट्रेट अफ होर्मुजको अधिकांश क्षेत्रमा व्यावहारिक नियन्त्रण कायम गरेको दाबी गरिएको छ।

विश्वकै महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिका र इरानबीच तनाव बढेको छ। इरानले अधिकांश नागरिक जहाजको आवागमनमा रोक लगाएको बताइएको छ भने अमेरिकी नौसेनाले इरानमाथि दबाब बढाउन जलमार्गमा नाकाबन्दी गरेको छ।

समर्थक तथा प्रहरीको भीडलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले नाकाबन्दी गरिसकेको र आफ्नो इच्छाविपरीत कुनै पनि जहाजलाई उक्त जलमार्गबाट आवतजावत गर्न नदिइने दाबीसमेत गरेका छन्।

2