Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

ओहायो डेटा सेन्टरमा एनभिडियाको लगानी प्रतिबद्धता घट्दै

अ+ अ-

काठमाडौँ। अमेरिकाको ओहायोमा निर्माण गर्न लागिएको महत्वाकांक्षी डेटा सेन्टर परियोजनामा प्रविधि कम्पनी एनभिडियाले आफ्नो वित्तीय लगानी तथा जोखिमको दायरा घटाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

वाल स्ट्रिट जर्नलले शुक्रबार यसबारे स्रोतहरूलाई उद्धृत गर्दै जानकारी दिएअनुसार एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान संस्था ओपनएआईको यो परियोजनाका लागि पहिले तय गरिएको २५० अर्ब डलरको ग्यारेन्टीलाई घटाएर सुरुवाती चरणमा १२० अर्ब डलरभन्दा कममा सीमित गर्ने योजना बनाएको वाल स्ट्रेट जर्नलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ।

एनभिडिया र ओपनएआई सो विषयलाई लिएर अन्तिम सहमति नजिक पुगेका छन्। सम्झौताअनुसार चिप निर्माता एनभिडियाले डेटा सेन्टरको पहिलो चरणका लागि मात्र वित्तीय सहयोग उपलब्ध गराउने छ। दुई कम्पनीबीच यसै हप्तासम्म औपचारिक सम्झौतामा हस्ताक्षर हुन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाउँदै आएका छन्।

ठूला र जोखिमपूर्ण वित्तीय प्रतिबद्धताहरूले कम्पनीको व्यापारिक जोखिम बढाउने भन्दै एनभिडियाका लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेपछि कम्पनीले सो कदम चालेको हो। यसअघि गत सोमबार मात्रै एनभिडियाले एआई पूर्वाधार विकासका लागि ५०० अर्ब डलरभन्दा बढी तेस्रोपक्ष पूँजी जुटाउने उद्देश्यले ६ वटा प्रमुख वित्तीय संस्थाहरूसँग मिलेर ’कम्प्युट फाइनान्सिङ प्लेटफर्म’ सुरु गर्ने घोषणा गरेको थियो।

विश्वकै ठूलो डेटा सेन्टरको तयारी

ओपनएआईले ओहायोमा निर्माण हुने कुल १० गिगावाट क्षमताको सम्पूर्ण परियोजनाका लागि बाध्यकारी भाडा सम्झौता गर्ने विषयमा अझै पनि छलफल जारी राखेको छ। जापानी बहुर्राष्ट्रिय कम्पनी सफ्टबैंकको सहायक कम्पनी एसबी इनर्जीले निर्माण गरिरहेको यो साइट पूरा भएमा यो हालसम्मकै विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउँदै आएका छन्।

यस प्रकरणलाई नियमित व्यावसायिक समयभन्दा बाहिर पठाइएको प्रतिक्रियाको अनुरोधमा एनभिडियाले तुरुन्तै कुनै जवाफ दिएको छैन। ओपनएआईले कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ। त्यस्तै ओपनएआईको बजार मूल्यांकन ८५२ अर्ब डलर पुगिसकेको भए पनि कम्पनी अझै नाफामा गइसकेको छैन।

त्यसैले यति ठूलो पूर्वाधारका लागि रकम जुटाउन सक्ने उसको क्षमतामाथि बजारमा अझै शंका र सुष्म निगरानी भइरहेको छ। त्यस्तै यो डेटा सेन्टर निर्माण सम्पन्न भएमा ओपनएआईलाई अरूमा निर्भर नरही आफ्नै एआई पूर्वाधारको स्वामित्व हासिल गर्न ठूलो सहयोग पुग्ने निश्चित प्रायः छ।

2