Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

तामाकोशी पाँचौँ आयोजनाको निर्माणले फेरि गति लियो

तामाकोशी पाँचौँ आयोजनाको निर्माणले फेरि गति लियो
A A+ A-

काठमाडौं। वनक्षेत्र तथा सार्वजनिक जग्गा प्रयोगको अनुमति प्राप्तिमा भएको ढिलाइका कारण करिब आठ महिना रोकिएको ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको निर्माणले पछिल्लो समय गति लिएको छ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेको तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको गत असार मसान्तसम्म समग्र भौतिक प्रगति २१.६८ प्रतिशत पुगेको छ। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार निर्माण रोकिँदा आयोजनाको प्रगति करिब १९ प्रतिशतमा सीमित थियो।

दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन आयोजना गौरीशंकर संरक्षण क्षेत्रको पत्राचारपछि २०८२ असारदेखि प्रभावित भएको थियो। वनक्षेत्र तथा सार्वजनिक जग्गाको भोगाधिकार प्राप्तिमा देखिएको समस्या समाधान भएपछि फागुन अन्तिम साताबाट निर्माण पुनः सुरु भएको कम्पनीले जनाएको छ।

निर्माण पुनः सुरु भएको करिब चार महिनामै आयोजनाको भौतिक प्रगति २.६८ प्रतिशत विन्दुले बढेर २१.६८ प्रतिशत पुगेको हो। निर्माण कार्य लामो समय रोकिँदा आयोजना सम्पन्न गर्ने समयतालिकामा समेत असर परेको छ।

‘जनताको जलविद्युत् कार्यक्रम’मा समावेश तामाकोशी पाँचौँ ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत् उत्पादनपछि निस्कने पानी प्रयोग गरेर विद्युत् उत्पादन गर्ने क्यासकेड आयोजना हो।

माथिल्लो तामाकोशीको पानी पुनः प्रयोग हुने भएकाले यस आयोजनाका लागि छुट्टै बाँध तथा बालुवा थिग्य्राउने पोखरी निर्माण गर्नुपर्ने छैन। यसले आयोजनाको लागत तुलनात्मक रूपमा कम हुने र आयोजना आर्थिक रूपमा आकर्षक मानिएको छ।

आयोजनाको निर्माण अवधिको ब्याजसहित कुल लागत २१ अर्ब ९५ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनामा कर्मचारी सञ्चय कोषको मात्रै १३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी रहेको कम्पनीले जनाएको छ।

निर्माणले पुनः गति लिएसँगै बाँकी संरचनाको काम तीव्र बनाउने तयारी गरिएको छ। आयोजना सम्पन्न भएपछि माथिल्लो तामाकोशीको पानीबाट थप ९९.८ मेगावाट विद्युत् उत्पादन हुने भएकाले एउटै जलस्रोतबाट विद्युत् उत्पादन क्षमता बढाउने महत्वपूर्ण परियोजनाका रूपमा यसलाई हेरिएको छ।

2