Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा विज्ञको जोड

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा विज्ञको जोड
अ+ अ-

काठमाडौँ। मुलुकमा उत्पादित विद्युत्को बजार विस्तार गर्न निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिएका छन्।

ऊर्जा विज्ञहरूले विद्युत् बजार विस्तारका लागि नयाँ कानुन आवश्यक नरहेको भन्दै विद्यमान विद्युत् ऐन, २०४९ कै आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताएका छन्। उनीहरूले एउटै निकायबाट मात्र ठूलो परिमाणमा विद्युत् व्यापार सम्भव नहुने भएकाले प्रतिस्पर्धात्मक विद्युत् बजार निर्माणका लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका हुन्।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान)ले हालै ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत ऊर्जा व्यापारः निजी क्षेत्रका लागि अबको बाटो’ विषयक छलफलमा सहभागी ऊर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाले यस्तो धारणा राखेका हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको अपार जलस्रोतलाई विद्युत् उत्पादनमा अधिकतम उपयोग गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन सरकार सक्रिय रहेको बताए। उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर ऊर्जा क्षेत्रको विकास गर्न चाहेको उल्लेख गरे।

मन्त्री श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा नेपालले विद्युत् निर्यातबाट रु २९ अर्ब ३२ करोड आम्दानी गरेको छ। विद्युत् व्यापारबाट रु १८ अर्बभन्दा बढी खुद बचत भएको जानकारी दिँदै उनले अब पूर्वानुमानयोग्य नीति, सक्षम नियमन, निजी क्षेत्रको सहभागिता र प्रभावकारी ऊर्जा कूटनीतिमार्फत नेपाललाई वर्षभरि विश्वसनीय विद्युत् निर्यातकर्ता बनाउने लक्ष्य रहेको बताए।

पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने विषयमा विगतमा कानुन तर्जुमा गरिए पनि सरकार परिवर्तनका कारण निर्णय हुन नसकेको बताए। उनका अनुसार निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन सके विद्युत्को बजार विस्तारसँगै उत्पादनमा समेत थप लगानी आकर्षित गर्न सकिन्छ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले विद्यमान विद्युत् ऐनमा उत्पादित विद्युत् बिक्री तथा आयातसम्बन्धी व्यवस्था रहेको भन्दै त्यही कानुनी आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताए।

विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले निजी उत्पादकले आफ्नो उत्पादनका लागि ग्राहक खोज्न सक्ने व्यवस्था समेटिएको खुला पहुँचसम्बन्धी निर्देशिका जारी गर्ने तयारीमा आयोग रहेको जानकारी दिए। खुला पहुँचको व्यवस्था कार्यान्वयनमा आए विद्युत् उत्पादक र ग्राहकबीच प्रत्यक्ष व्यापारको वातावरण बन्ने उनको भनाइ थियो।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा नयाँ अवसर सिर्जना हुने बताए। निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउँदा उत्पादन, बजार र लगानीबीचको सम्बन्ध थप मजबुत बन्ने उनको भनाइ थियो।

इप्पानका पूर्वउपाध्यक्ष आशिष गर्गले निजी क्षेत्र विद्युत् खरिद–बिक्रीका लागि तयार रहेको बताए। उनले विद्युत् उत्पादन बढ्दै गएको अवस्थामा त्यसको बजार सुनिश्चित गर्न निजी क्षेत्रलाई समेत व्यापारको अवसर दिनुपर्नेमा जोड दिए।

ऊर्जा क्षेत्रका जानकारहरूले विद्युत् उत्पादन बढिरहेको अवस्थामा आन्तरिक खपतसँगै भारतलगायत छिमेकी मुलुकमा निर्यात विस्तार गर्न निजी क्षेत्रको सहभागिता महत्वपूर्ण हुने बताएका छन्। उनीहरूले स्पष्ट नीति, प्रतिस्पर्धी बजार र सहज नियामकीय व्यवस्था भए नेपालले विद्युत्लाई दीर्घकालीन रूपमा प्रमुख निर्यात वस्तुका रूपमा विकास गर्न सक्ने बताएका छन्।

2