Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

ट्रम्पले अमेरिकीलाई भने- पेट्रोल महँगो भए पनि सहनुपर्छ

अ+ अ-

काठमाडौं। इरानले होर्मुज जलडमरू आफ्नो अनुमति बिना नखोल्ने अडान दोहोर्‍याएको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध जारी रहे इन्धनको मूल्य अझै बढ्न सक्ने भन्दै अमेरिकी नागरिकलाई महँगो पेट्रोलका लागि तयार रहन आग्रह गरेका छन् ।

इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले पराजय स्वीकार नगरेसम्म र ‘काल्पनिक दाबी’ गर्न नछाडेसम्म होर्मुज जलडमरूमा प्रतिबन्ध जारी रहने बताएका छन् ।

उनले होर्मुज जलडमरू इरानकै निर्णयअनुसार खुल्ने र बन्द हुने दाबी गर्दै कुनै सामाजिक सञ्जाल पोस्ट, युद्धपोत वा राजनीतिक भाषणबाट यसको नियन्त्रण लिन नसकिने बताएका छन् ।

इरानी विदेशमन्त्री अब्बास अराक्चीले पनि अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा कुनै निर्णय नभएको बताएका छन् । विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुने यो जलमार्गबाट पुनः जहाज सञ्चालनका लागि अमेरिकाले केही सर्त पूरा गर्नुपर्ने उनको भनाइ छ ।

अमेरिकामा पेट्रोलको मूल्य बढ्दै

युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य बढिरहेको छ । अमेरिकी अटोमोबाइल एसोसिएसनका अनुसार शुक्रबार एक ग्यालन पेट्रोलको औसत मूल्य ४.०८ डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत बढी हो ।

ट्रम्पले न्युयोर्कमा आयोजित राजनीतिक कार्यक्रममा युद्धका कारण अमेरिकी नागरिकले पेट्रोलका लागि केही बढी रकम तिर्नुपर्ने बताएका छन् । इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न त्यसको मूल्य चुकाउनुपर्ने उनको भनाइ थियो ।

उनले इरानलाई ‘दुष्ट देश’को संज्ञा दिँदै युद्धमा विजय हासिल गरेपछि होर्मुज जलडमरूलाई अमेरिकाको नियन्त्रणमा ल्याउने दाबीसमेत गरेका छन् ।

ऊर्जा लागत घटाउने चुनावी प्रतिबद्धता गरेका ट्रम्पका लागि पेट्रोल मूल्य वृद्धि राजनीतिक चुनौती बनेको छ । आगामी कंग्रेस निर्वाचनमा डेमोक्र्याटहरूले युद्धका कारण अमेरिकी अर्थतन्त्रमा परेको प्रभावलाई मुद्दा बनाउने तयारी गरेका छन् ।

कच्चा तेलको मूल्यमा पनि वृद्धि

होर्मुज क्षेत्रमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । शुक्रबार कच्चा तेलको वायदा मूल्य प्रतिब्यारेल करिब एक डलरले बढेको थियो ।

ब्रेन्ट कच्चा तेलको मूल्य साप्ताहिक रूपमा ६ प्रतिशत र वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य ५.४ प्रतिशतले बढेको छ ।

होर्मुजमा जहाज आवागमन ठप्पजस्तै

युद्धअघि दैनिक १३० भन्दा बढी जहाज आवतजावत गर्ने होर्मुज जलडमरूबाट शुक्रबार दुईवटा मात्र जहाज पार भएका थिए । जहाज ट्र्याकिङ कम्पनी केप्लरका अनुसार ती जहाजबाट कच्चा तेल ढुवानी भएको देखिएको छैन ।

इरानको अनुमति बिना जलडमरू प्रवेश गर्ने जहाजमाथि क्षेप्यास्त्र वा ड्रोन आक्रमणको जोखिम रहेको बताइएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानमाथि आफ्ना तेल कम्पनीसँग सम्बन्धित जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ । बेलायतको युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्स केन्द्रले पनि होर्मुज क्षेत्रमा एउटा मालवाहक जहाजमा अज्ञात प्रक्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।

इरानमा आर्थिक दबाब बढ्दै

इरानमा पनि युद्धको आर्थिक असर देखिन थालेको छ । राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकी प्रतिबन्ध र तेल निर्यातमा आएको अवरोधका कारण मुद्रास्फीति बढेको बताएका छन् ।

यसअघि युद्ध अन्त्यका लागि भएको भनिएको सम्भावित सम्झौता पनि संकटमा परेको छ । विदेशमन्त्री अराक्चीले युद्धविरामको सम्भावना नरहेको भन्दै नयाँ परिस्थिति सिर्जना भएको बताएका छन् ।

यसैबीच, यमनमा इरानसमर्थित हुथी विद्रोहीको गतिविधिले क्षेत्रीय तनाव थप बढ्ने चिन्ता देखिएको छ । यमन सरकारले हुथीहरूले लाल सागरस्थित मोखा बन्दरगाहमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र त्यसबाट चार सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

2