Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

ट्रेड टावर घाटाबाट नाफामा फर्कियो

ट्रेड टावर घाटाबाट नाफामा फर्कियो
A A+ A-

काठमाडौं। ट्रेड टावर लिमिटेड गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा घाटाबाट नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ७३ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ३६ लाख ७ हजार रुपैयाँ घाटामा थियो। आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको उल्लेख्य कमीले कम्पनीको नाफामा सुधार आएको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.७९ प्रतिशतले बढेर २१ करोड ३७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कम्पनीको कुल आम्दानी १९ करोड ४६ लाख रुपैयाँ थियो।

आम्दानी बढे पनि कम्पनीको कुल खर्च भने वृद्धि भएको छ। अघिल्लो आवमा ९ करोड ७८ लाख रुपैयाँ रहेको कुल खर्च गत आवमा बढेर ११ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, वित्तीय खर्चमा आएको तीव्र कमीले नाफा सुधारमा महत्वपूर्ण योगदान गरेको छ। कम्पनीको वित्तीय खर्च ४ करोड ८ लाख रुपैयाँबाट घटेर २ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्ता पुँजी ८१ करोड ५६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा प्रतिसेयर आम्दानी (ईपीएस) ०.९१ रुपैयाँ कायम भएको छ। प्रतिसेयर नेटवर्थ १०५.२० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६९.०३ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, कम्पनीको तरलता अनुपात २.१९ प्रतिशत रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १६ करोड २८ लाख रुपैयाँ र कुल चालु दायित्व ७ करोड ४४ लाख रुपैयाँ रहेको छ।

2