Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दक्ष नेपालीलाई कोरिया जाने बाटो खुल्यो

अ+ अ-

काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसाअन्तर्गत दक्ष नेपाली कामदार पठाउने प्रक्रियाका लागि मागपत्र प्रमाणीकरण सुरु भएको छ। सिओलस्थित नेपाली राजदूतावासले अगस्ट १२ देखि कोरियाली रोजगारदाताबाट प्राप्त हुने मागपत्र प्रमाणीकरणको प्रक्रिया अघि बढाएको हो।

राजदूतावासले ‘दक्षिण कोरिया दक्ष कामदार पठाउने कार्यविधि २०२४’ अन्तर्गत मागपत्र प्रमाणीकरण थालेको जनाएको छ। नयाँ व्यवस्थाअनुसार कोरियाली रोजगारदाताले राजदूतावासको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। रोजगारदाता आफैं वा अधिकारप्राप्त नेपाली तथा कोरियाली भर्ती संस्थामार्फत आवेदन दिन सक्नेछन्।

मागपत्र प्रमाणीकरणका लागि ११ प्रकारका कागजात अनिवार्य गरिएको छ। कोरियाली परराष्ट्र मन्त्रालयबाट प्रमाणित मागपत्र, रोजगारदाता र भर्ती संस्थाबीचको अधिकारपत्र वा सम्झौता, ग्यारेन्टी तथा प्रतिबद्धतापत्र, रोजगार सम्झौता र कामको विवरण पेस गर्नुपर्नेछ।

त्यस्तै, वास्तविक रोजगारदाताको व्यवसाय दर्ता प्रमाणपत्र, प्रमुख कार्यकारीको परिचयपत्र, कम्पनी प्रोफाइल तथा सञ्चालन अनुमतिपत्र आवश्यक पर्नेछ। कोरियाली रिक्रुटिङ एजेन्सीका व्यवसाय दर्ता प्रमाणपत्र, प्रमुख कार्यकारीको परिचयपत्र र कम्पनी प्रोफाइल तथा नेपाली रिक्रुटिङ एजेन्सीको वैदेशिक रोजगार विभागबाट प्राप्त इजाजतपत्रसमेत पेस गर्नुपर्नेछ। ई–७ भिसाअन्तर्गत विदेशी कामदार आवश्यक रहेको सम्बन्धित सरकारी निकायको आधिकारिक कागजात पनि अनिवार्य गरिएको छ।

भाषा तथा सीप परीक्षणसम्बन्धी प्रतिबद्धतापत्रसमेत पेस गर्नुपर्नेछ। राजदूतावासले आवश्यक कागजात पूर्ण र सही रूपमा पेस गर्न रोजगारदाता तथा सम्बन्धित भर्ती संस्थालाई आग्रह गरेको छ।

तर मागपत्र प्रमाणीकरण सुरु भए पनि नेपाली कामदारका लागि नयाँ कोटा वा निश्चित संख्यामा भर्ती खुलेको घोषणा भने भएको छैन। अहिलेको प्रक्रिया कोरियाली रोजगारदाताले ई–७ भिसाअन्तर्गत दक्ष कामदार माग गर्दा त्यसको मागपत्र औपचारिक रूपमा प्रमाणीकरण गर्ने चरण मात्र हो।

मागपत्रको ढाँचा, आवेदन प्रक्रिया र प्रमाणीकरण शुल्कसम्बन्धी विस्तृत जानकारी राजदूतावासको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

2