Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नयाँ टाटा पन्च ईभीको विशेष अफर आजसम्म

अ+ अ-

काठमाडौं । सिप्रदी ट्रेडिङले नयाँ टाटा पन्च ईभीमा दिएको विशेष मूल्य अफर आज सकिँदैछ। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को अवसरमा कम्पनीले पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँबाट घटाएर ३२ लाख ९९ हजार रुपैयाँमा बुकिङ खुलाएको थियो।

एक्स्पोको आज अन्तिम दिन भएकाले १ लाख रुपैयाँको विशेष मूल्य लाभ लिन आजसम्म बुकिङ गर्नुपर्ने कम्पनीले जनाएको छ। भोलिबाट भने पन्च ईभीको सुरुवाती मूल्य पुनः ३३ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ।

एक्स्पोमा बुकिङ गर्ने ग्राहकले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टीसमेत पाउनेछन्।

नयाँ पन्च ईभी ‘एक्टि ईभी’ प्लेटफर्ममा आधारित छ। यसमा ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टाका दुई ब्याट्री विकल्प छन्। नेपालमा गरिएको परीक्षणअनुसार पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

गाडीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस उपलब्ध छन्।

2