Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आम्दानीसँगै घट्यो सयपत्री हाईड्रोपावरको नाफा

अ+ अ-

काठमाडौं । सयपत्री हाईड्रोपावर लिमिटेडको आम्दानी घट्दा नाफामा कमी आएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनीको नाफा २७.७८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४१ लाख ६० हजार रहेको कम्पनीको नाफा घटेर ३० लाखमा झरेको हो ।

कम्पनीको आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ५ करोड ७८ लाख आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म ५ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले २० हजार अन्य आम्दानी गरेको छ । जुन अघिल्लो आवमा ७ लाख ४८ हजार थियो ।

कम्पनीको वित्त खर्च घटेको छ । वित्त खर्च १ करोड ९८ लाखबाट घटेर १ करोड ३७ लाखमा सीमित बनेको छ । प्रशासनिक खर्च र कर्मचारी खचे भने क्रमशः २७ लाख ८३ हजार र ५१ लाख ७२ हजार रहेको छ ।

३० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ४ करोड ८७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९१.८४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७० रुपैयाँ, मूल्य आम्दानी अनुपात १०० गुणा र तरलता अनुपात २.५० प्रतिशत कायम भएको छ ।

2