Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

अ+ अ-

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर बराबरको इनाम दिने इरानी सेनाले आइतबार घोषणा गरेको छ । यदि यो कार्य कुनै महिलाले गरेमा इनाम दोब्बर हुने बताइएको छ ।

इरानी समाचार संस्था इर्नाले इरानी सेना प्रमुख अमिर हातमीलाई उद्धृत गरी लेखेको छ, “यो योजना ‘आर्थिक सहयोगमा सहभागी हुन चाहने ठूलो सङ्ख्याको अनुरोध’ आएपछि तयार पारिएको इरनाले यो जानकारी दिएको हो।

मध्यपूर्व युद्धका क्रममा इरानमा अमेरिकी स्थल सेना तैनाथ भएको कुनै जानकारी छैन। अपवाद स्वरूप अप्रिलमा एउटा खसेको अमेरिकी पाइलटलाई उद्धार गर्न छोटो मिशन चलाइएको थियो ।

हातमीले अमेरिकी सैनिक कहाँ र कहिले मार्ने वा पक्रने भन्ने कुनै विवरण भने दिएका छैनन् । उनले भने, “आक्रमणकारी अमेरिकी सैन्य व्यक्तिलाई मार्ने वा पक्रेर बुझाउने जो कोहीले इस्लामी गणतन्त्र इरानको सेनाबाट ३० हजार डलर वा पाँच अर्ब तोमान बराबरको इनाम पाउनेछ।” तोमान १० हजार इरानी रियल बराबरको अनौपचारिक एकाइ हो।

उनले थपे, “यस्तो काम गर्ने साहसी इरानी महिलाहरूले दोब्बर इनाम पाउनेछन्।” तेहरान र वासिङ्टनबीचको युद्ध फेब्रुअरी २८ मा सुरु भएको थियो। त्यतिबेला अमेरिका र इजरायलले मिलेर इरानमा आक्रमण गरेका थिए। करिब ४० दिनको लडाइँपछि अप्रिलमा युद्धविराम भएको थियो। त्यसपछि जुनमा शान्ति वार्ताको रूपरेखा बने पनि पछि त्यो असफल भएको थियो ।

त्यसयता इरान र अमेरिकाले बेलाबेलामा एक अर्कालाई आक्रमण गर्दै आएका छन् । लडाइँ मुख्यतया दक्षिणी इरान र हर्मुज जलमार्ग वरपर केन्द्रित छ ।

2