Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रेल यात्रामा चीनको नयाँ रेकर्ड

अ+ अ-

बेइजिङ: चीनको रेलमार्गले सन् २०२६ को पहिलो सात महिनामा २.८ अर्ब यात्रु यात्रा रेकर्ड गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशत बढी हो।

चीन स्टेट रेलवे ग्रुपका अनुसार जनवरीदेखि जुलाईसम्म देशभर दैनिक औसत ११ हजार ४६२ यात्रुवाहक रेल सञ्चालन भएका थिए। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.२ प्रतिशत बढी हो।

यात्रुको बढ्दो चाप व्यवस्थापन गर्न चिनियाँ रेलवेले रेल सेवाको विस्तारसँगै यात्रालाई पर्यटनसँग जोड्ने पहलसमेत अघि बढाएको छ। रेलवे अधिकारीहरूले संस्कृति तथा पर्यटन विभागसँग सहकार्य गर्दै विभिन्न रेलमार्गलाई स्थानीय पर्यटकीय गन्तव्य र आवास सुविधासँग प्रत्यक्ष रूपमा जोड्ने व्यवस्था गरिरहेका छन्।

यसअन्तर्गत यात्रुले रेलबाट गन्तव्यसम्म पुगेर स्थानीय पर्यटकीय स्थल तथा होटललगायतका सुविधामा सहज पहुँच पाउने व्यवस्था विस्तार गरिँदैछ। रेलवे र पर्यटनबीचको यस्तो समन्वयले यात्राको सुविधा बढाउनुका साथै स्थानीय पर्यटन तथा सेवा क्षेत्रको आर्थिक गतिविधिलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

चीनमा तीव्र गतिमा विस्तार भइरहेको रेल सञ्जालले देशभित्रको यात्रालाई सहज बनाउनुका साथै आन्तरिक पर्यटन र क्षेत्रीय आर्थिक गतिविधिलाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा भूमिका खेलिरहेको छ।

2