Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

छ हजार पाँच सय सुधारिएको चुलो वितरण

अ+ अ-

चितवन। सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ।

स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो।

पछिल्लो पटक संस्थाले राप्ती नगरपालिका–८ का १५० परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरेको हो। संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार वडा कार्यालयबाट थप ५०० चुलो वितरणका लागि सिफारिस प्राप्त भएको छ। समुदायको आवश्यकता पहिचान गरी ती चुलोसमेत क्रमशः वितरण गरिने उनले बताए।

सपना भिलेज सोसियल इम्प्याक्टले विगत दुई वर्षदेखि सुधारिएको चुलो उत्पादन तथा वितरण गर्दै आएको छ। ग्रामीण क्षेत्रमा सुधारिएको चुलोको माग निरन्तर बढिरहेको उनले बताए। विशेषगरी दाउरामा निर्भर परिवारबाट चुलोको माग बढ्दै गएको उनको भनाइ छ।

स्थानीय तहको सिफारिस तथा समुदायको आवश्यकताका आधारमा लक्षित परिवार छनोट गरी चुलो वितरण गर्दै आएको संस्थाले जनाएको छ। सुधारिएको चुलोको प्रयोगबाट घरभित्र हुने धुवाँमा कमी आउनाका साथै दाउराको खपत घट्ने, खाना पकाउन लाग्ने समय तथा श्रम बचत हुने र वातावरण संरक्षणमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसबाट विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष गिरीले बताए। सपना भिलेज सोसियल इम्प्याक्टले स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो विकासलाई प्राथमिकतामा राख्दै सुधारिएको धुवाँरहित चुलोको उत्पादन तथा वितरण कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने उनले बताए।

2