udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनले स्वास्थ्य बीमाको ठूलो हिस्सा प्राथमिक सेवामा लगाउने

चीनले स्वास्थ्य बीमाको ठूलो हिस्सा प्राथमिक सेवामा लगाउने
A A+ A-

काठमाडौं। चीनले नागरिकको उपचारमा हुने व्यक्तिगत खर्च घटाउन र समुदायस्तरको स्वास्थ्य सेवा बलियो बनाउन राष्ट्रिय स्वास्थ्य बीमा कोषको ठूलो हिस्सा प्राथमिक स्वास्थ्य संस्थामा खर्च गर्ने भएको छ ।

चीनको नेशनल हेल्थकेयर सेक्युरिटी एडमिनिस्ट्रेसनसहित तीन सरकारी निकायले जारी गरेको संयुक्त निर्देशिकाअनुसार वार्षिक रूपमा थपिने स्वास्थ्य बीमा कोष प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक अस्पतालमा बढाउँदै लगिनेछ । ठूला अस्पतालमा बढ्दो बिरामी चाप तथा प्राथमिक स्वास्थ्य संस्थामा स्रोत र औषधिको अभावलाई सम्बोधन गर्न यस्तो नीति ल्याइएको हो ।

निर्देशिकाअनुसार बहिरङ सेवामा बीमाबाट कम्तीमा ५० प्रतिशत खर्च व्यहोर्ने व्यवस्था गरिनेछ । यसले सामान्य उपचारका लागि बिरामीलाई प्राथमिक स्वास्थ्य संस्थामै जान प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । दीर्घरोगीले एकपटकमा १२ हप्तासम्मको औषधि लिन सक्ने व्यवस्था पनि गरिएको छ ।

जिल्ला तहमा बचत हुने बीमा रकम प्राथमिक स्वास्थ्य संस्था र अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि प्राथमिकताका साथ प्रयोग गरिनेछ । ठूला तथा जिल्ला अस्पतालले जटिल र गम्भीर रोगको उपचारमा केन्द्रित हुनेछन् भने सामुदायिक क्लिनिकले सामान्य रोग, दीर्घरोग, पुनःस्थापना र नर्सिङ सेवा प्रदान गर्नेछन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउन केन्द्रीय औषधि खरिद प्रणालीलाई बलियो बनाइनेछ । बीमा भुक्तानी प्रक्रियालाई सहज र पारदर्शी बनाउन अनुहार पहिचान प्रविधिसमेत प्रयोग गरिने निर्देशिकामा उल्लेख छ ।

सन् २०२५ को अन्त्यसम्म चीनमा १० लाख ६० हजार प्राथमिक स्वास्थ्य संस्था र ५२ लाख ५० हजार स्वास्थ्यकर्मी थिए । नयाँ प्रणाली देशभर विस्तार गर्नुअघि १५ क्षेत्रमा परीक्षण गरिनेछ ।

चीनको यो कदमले महँगो अस्पतालमुखी उपचारभन्दा प्राथमिक स्वास्थ्य सेवामार्फत रोगको प्रारम्भिक पहिचान, दीर्घरोग व्यवस्थापन र उपचारको पहुँच विस्तार गर्ने रणनीतिलाई प्राथमिकता दिएको देखाउँछ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action