जनकपुरधाम । धनुषा ग्यास बिक्रेता संघका अध्यक्ष तथा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष फूलदेव पण्डितको ग्यास स्टोरमा प्रहरीले छापा हानेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अरविन्द साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्टोरमा छापा मार्दा विभिन्न ब्रान्डका १३१ थान ग्यास सिलिन्डर बरामद गरेको दाबी गरेको छ।
प्रहरीका अनुसार ग्यास सिलिन्डर लुकाएर राखी महँगो मूल्यमा बिक्री भइरहेको सूचनाका आधारमा स्टोरमा छापा मारिएको हो । बरामद सिलिन्डरको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
पण्डित धनुषा ग्यास बिक्रेता संघका अध्यक्षसँगै जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।
बरामद सिलिन्डरको स्रोत, भण्डारणको अवस्था र बिक्री वितरणसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
