Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

फेरारीको ईभीलाई ६११ करोड रुपैयाँ

फेरारीको ईभीलाई ६११ करोड रुपैयाँ
A A+ A-

काठमाडौं । फेरारीको पहिलो पूर्ण विद्युतीय कार एक च्यारिटीका लागि आयोजित लिलामीमा ४ करोड अमेरिकी डलर अर्थात् करिब ६११ करोड रुपैयाँमा बिक्री भएको छ ।

यससँगै यो कार लिलामीमा बिक्री भएको नयाँ कारमध्ये अहिलेसम्मकै सबैभन्दा महँगो बनेर नयाँ कीर्तिमान कायम गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा भएको लिलामीमा ‘फेरारी लूचे’ नामको यो कार सामान्य मूल्यभन्दा ३५ गुणाभन्दा बढी रकममा बिक्री भएको हो ।

लिलामी आयोजकका अनुसार यो कार ‘पहिलो प्रोडक्सन चेसिस’ हो । यसमा विशेष फिनिसका साथै विभिन्न कस्टम पाट्र्स जडान गरिएको छ ।

लूचेको डिजाइन एप्पलका आईफोनका चर्चित डिजाइनर सर जोनी आइभको अवधारणाबाट विकसित भएको मानिन्छ । मे महिनामा सार्वजनिक गरिएपछि भने कारले केही आलोचना पनि खेपेको थियो । आलोचकहरूले यसको डिजाइन फेरारीको परम्परागत शैलीभन्दा फरक भएको बताएका थिए ।

त्यस्तै, ब्याट्रीबाट चल्ने र पाँच सिट भएको कार निर्माण गरेर फेरारीले आफ्नो परम्परागत पहिचान गुमाएको टिप्पणी पनि भएको थियो ।

आयोजकका अनुसार लिलामीबाट प्राप्त सम्पूर्ण रकम फेरारी फाउन्डेसनका शैक्षिक कार्यक्रमका लागि दान गरिनेछ ।

यो विशेष कस्टम लूचे खरिद गर्ने व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन ।

लूचेको सार्वजनिक प्रस्तुति पछिल्ला वर्षहरूमा नयाँ कारको सबैभन्दा चर्चित लन्चमध्ये एक मानिएको थियो । तर यसको सार्वजनिक प्रस्तुतिको भोलिपल्ट फेरारीको सेयर मूल्यमा गिरावट आएको थियो ।

कारको डिजाइनलाई लिएर भएको आलोचनालाई पनि सेयर बजारमा आएको गिरावटको एउटा कारण मानिएको थियो ।

कारको आलोचना गर्नेमा इटालीका उपप्रधानमन्त्री मातेओ साल्भिनी तथा फेरारीका पूर्वअध्यक्ष लुका कोर्डेरो दी मोन्टेजेमोलोसमेत थिए । मोन्टेजेमोलोले लूचेले फेरारीको ‘किंवदन्ती’ नै समाप्त हुने जोखिम निम्त्याएको टिप्पणी गरेका थिए ।

फेरारीका प्रमुख डिजाइन अधिकृत फ्लाभियो मान्जोनीले भने आलोचना नवप्रवर्तनको प्रक्रियाकै हिस्सा भएको बताएका थिए । उनले समयसँगै मानिसहरूले लूचेलाई मन पराउने विश्वास व्यक्त गरेका थिए ।

फेरारीले लूचेको बिक्री लक्ष्य सार्वजनिक गरेको छैन । यद्यपि, फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार चीनमा बलियो माग रहेकाले फेरारीले यस वर्षको आफ्नो बिक्री लक्ष्य लन्च भएको पहिलो सातामै पूरा गरिसकेको छ ।

लिलामीकर्ताले यो कारलाई लूचेको पहिलो प्रोडक्सन कार खरिद गर्ने ‘अद्वितीय अवसर’का रूपमा प्रस्तुत गरेको थियो । कारमा विशेष डिजाइनका पाङ्ग्रा, कस्टमाइज्ड ब्रेक तथा सेतो रंगको विशेष फिनिस दिइएको छ ।

फेरारीका कारहरूले विश्वका विभिन्न कार लिलामीमा प्रायः उच्च मूल्य हासिल गर्दै आएका छन् । यद्यपि, लिलामीमा बिक्री भएको अहिलेसम्मकै सबैभन्दा महँगो कारको कीर्तिमान भने १९५५ मा बनेको मर्सिडिज–बेन्ज ३०० एसएलआर उलेनहाउट कूपको नाममा छ । उक्त कार सन् २०२२ मा १४ करोड २० लाख डलरमा बिक्री भएको थियो ।

2