Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एनएमबी क्यापिटलका तीन फण्डको प्रतिफल घोषणा

अ+ अ-

काठमाडौं । एनएमबी क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका छन्।

एनएमबी क्यापिटलको साउन २९ गते बसेको १९२औँ सञ्चालक समिति बैठकले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबी हाइब्रिड फण्ड एल–२ का इकाईधनीलाई क्रमशः ३.१५ प्रतिशत, १० प्रतिशत र ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार घोषित प्रतिफलमा करसमेत समावेश छ।

प्रतिफल वितरणका लागि तीनवटै योजनाको बुक क्लोज भदौ ८ गते एक दिनका लागि गरिने भएको छ। त्यसअनुसार भदौ ७ गतेसम्म कायम रहेका इकाईधनीले घोषित प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।

एनएमबी क्यापिटलले सञ्चालक समितिको साउन २९ गते बसेको बैठकबाट प्रतिफल वितरणसम्बन्धी निर्णय भएको जनाएको छ।

2