Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

अमेरिकी ब्याजदर बढ्ने आशंका घट्दा सुनको मूल्य लगातार तेस्रो दिन दिन बढ्यो, प्रतिऔंस कति ?

अमेरिकी ब्याजदर बढ्ने आशंका घट्दा सुनको मूल्य लगातार तेस्रो दिन दिन बढ्यो, प्रतिऔंस कति ?
A A+ A-

काठमाडौँ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिनामा ब्याजदर बढाउने सम्भावना घटेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार लगातार तेस्रो दिन बढेको छ।

समाचार तयार पार्दासम्म स्पट गोल्डको मूल्य ०.४२ प्रतिशत अर्थात् १८ अमेरिकी डलरले बढेर प्रतिऔंस ४ हजार ३९५ डलर पुगेको छ।

अमेरिकी डलर पछिल्ला केही महिनायताकै कमजोर स्तर आसपास रहेकाले पनि सुनको मूल्य बढ्न सहयोग पुगेको छ। डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि डलरमा मूल्य निर्धारण हुने सुन तुलनात्मक रूपमा सस्तो पर्छ, जसले यसको माग बढाउने गर्छ।

पछिल्लो समय सार्वजनिक भएका कमजोर अमेरिकी आर्थिक सूचकहरूले पनि फेडले ब्याजदर बढाउने सम्भावना कम गरेको छ। गत साता सार्वजनिक भएको कमजोर रोजगारी तथ्यांक, अपेक्षाभन्दा कम उपभोक्ता मूल्यवृद्धि तथा कमजोर खुद्रा बिक्रीले ब्याजदर वृद्धिको सम्भावना थप कमजोर बनाएको हो।

ब्याजदर न्यून वा स्थिर रहने अवस्थामा सुनजस्ता प्रतिफल नदिने सम्पत्तिप्रति लगानीकर्ताको आकर्षण बढ्ने गर्छ। यही कारण पछिल्ला दिनमा सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको हो।

अब लगानीकर्ताको मुख्य ध्यान बुधबार सार्वजनिक हुने फेडरल रिजर्भको पछिल्लो मौद्रिक नीति बैठकको विवरणमा केन्द्रित भएको छ। उक्त विवरणबाट फेडका अधिकारीहरूको ब्याजदर र मुद्रास्फीतिसम्बन्धी धारणा तथा आगामी मौद्रिक नीतिको दिशाबारे थप स्पष्ट संकेत प्राप्त हुने अपेक्षा गरिएको छ।

2