udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सिद्धार्थ म्युचुअल फण्डका दुई योजनाले लाभांश दिने

सिद्धार्थ म्युचुअल फण्डका दुई योजनाले लाभांश दिने
A A+ A-

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई नगद लाभांश वितरण गर्ने भएका छन् ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले दुई योजनाका लागि लाभांश घोषणा गरेको हो ।

क्यापिटलका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीले करसहित ८ प्रतिशत नगद लाभांश पाउनेछन् । यस योजनाले कुल ९ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गर्नेछ ।

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाइधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ । यस योजनाबाट कुल ८ करोड ५ लाख ८० हजार रुपैयाँ वितरण हुनेछ ।

सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित अन्य दुई योजना सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्ड–२ का इकाइधनीले भने यस वर्ष लाभांश नपाउने भएका छन् ।

लाभांश वितरणका लागि आवश्यक बुक क्लोज मिति भने क्यापिटलले पछि सार्वजनिक गर्ने जनाएको छ । बुक क्लोज मितिसम्म कायम इकाइधनीले मात्र घोषित लाभांश प्राप्त गर्नेछन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action