Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

युनाइटेड सिमेन्टको व्यापार ८ प्रतिशत बढ्यो

अ+ अ-

काठमाडौं । युनाइटेड सिमेन्टको व्यापार सन् २०२५ मा ८ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सन् २०२४ मा २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ रहेको व्यापार सन् २०२५ मा बढेर २ अर्ब ६५ करोड १० लाख रुपैयाँ पुगेको हो।

कम्पनीको व्यापार पछिल्ला वर्षमा क्रमशः बढ्दै गएको देखिन्छ। सन् २०२३ मा २ अर्ब ३८ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ७ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ३४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो।

व्यापार बढे पनि कम्पनीको सञ्चालन मार्जिन भने घटेको छ। सन् २०२४ मा ५१ करोड ८० लाख रुपैयाँ रहेको सञ्चालन मार्जिन सन् २०२५ मा घटेर ४९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। कुल व्यापारमा सञ्चालन मार्जिनको हिस्सा पनि २१ प्रतिशतबाट घटेर १८.८१ प्रतिशतमा आएको छ।

यद्यपि, खुद नाफामा भने सुधार देखिएको छ। कम्पनीले सन् २०२५ मा ११ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। सन् २०२४ मा कम्पनीको खुद नाफा ८ करोड ३० लाख रुपैयाँ थियो।

कम्पनीको नगद सञ्चिती पनि बढेको छ। सन् २०२५ को अन्त्यमा कुल नगद सञ्चिती २६ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २४ करोड १० लाख रुपैयाँ थियो।

कम्पनीको पुँजी संरचना भने अझै उच्च ऋणभारयुक्त छ। यद्यपि, कुल ऋणमा केही कमी आएको छ। सन् २०२४ मा ५ अर्ब ५० करोड ७० लाख रुपैयाँ रहेको कुल ऋण सन् २०२५ मा घटेर ५ अर्ब ३८ करोड ३० लाख रुपैयाँमा झरेको छ।

कम्पनीको समग्र गियरिङ अनुपात पनि सुधारिएको छ। सन् २०२४ मा ५.५९ गुणा रहेको गियरिङ अनुपात सन् २०२५ मा घटेर ५.०३ गुणा कायम भएको छ। कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ अनुपात ५.७२ गुणा रहेको छ।

ब्याज तिर्ने क्षमता भने सुधारिएको छ। कम्पनीको ब्याज कवरेज अनुपात सन् २०२४ को १.९० गुणाबाट बढेर सन् २०२५ मा २.१८ गुणा पुगेको छ। तर, ऋण सेवा कवरेज अनुपात भने १.४७ गुणाबाट घटेर १.३२ गुणामा आएको छ।

सन् २००७ मा स्थापना भएको युनाइटेड सिमेन्ट सन् २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको हो। कम्पनीले क्लिङ्कर तथा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। युनाइटेड ओपीसी र युनाइटेड पीपीसी ब्रान्डमा उत्पादित सिमेन्ट बजारमा बिक्री हुँदै आएको छ।

धादिङको नौबिसेमा कम्पनीको सिमेन्ट तथा क्लिङ्कर उत्पादन प्लान्ट रहेको छ। कम्पनीसँग वार्षिक ३ लाख ३० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन क्षमता र ३ लाख ६६ हजार ३ सय मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता रहेको छ।

नरेश दुगड, कुमुदकुमार दुगड र विकास दुगडको समान ३३ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ६ अर्ब १५ करोड रुपैयाँको रेटिङ गराएको छ।

कम्पनीले ४ अर्ब ९ करोड ४० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘बीबी’ रेटिङ तथा २ अर्ब ५ करोड ६० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ प्राप्त गरेको छ।

2