Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अमेरिकी ऋणपत्रको प्रतिफल दुई दशककै उच्च

अ+ अ-

एजेन्सी । अमेरिकी ३० वर्षे सरकारी ऋणपत्रको प्रतिफल झण्डै दुई दशकयताकै उच्च विन्दुमा पुगेको छ। ऋणपत्रको मूल्य घट्दै प्रतिफल बढ्ने क्रम जारी रहेकाले दीर्घकालीन ब्याजदर अझै माथि जान सक्ने संकेत देखिएको छ। केही रणनीतिकारले ३० वर्षे ट्रेजरीको प्रतिफल ५.६० देखि ५.७० प्रतिशतसम्म पुग्न सक्ने प्रक्षेपण गरेका छन्।

विश्व बजारको अवस्था र लगानीकर्ताको मनोविज्ञानसँग संवेदनशील मानिने ३० वर्षे ट्रेजरीको प्रतिफल सोमबार ४ आधार विन्दुभन्दा बढीले बढेर ५.३११ प्रतिशत पुगेको छ। यो जुन २००७ पछिको सबैभन्दा उच्च स्तर हो।

अमेरिकी अर्थ मन्त्रालयको तथ्यांकअनुसार जुन महिनामा बेलायत, चीन र जापानजस्ता प्रमुख विदेशी लगानीकर्ताले अमेरिकी ऋणपत्रमा आफ्नो लगानी घटाएका छन्। विदेशी माग कमजोर बन्दै जाँदा अमेरिकी सरकारलाई लामो अवधिका लागि ऋण उठाउन थप महँगो पर्ने जोखिम बढेको छ।

फन्डस्ट्राटका प्राविधिक रणनीतिकार मार्क न्युटनले लामो अवधिको ट्रेजरी प्रतिफल ५.६० देखि ५.७० प्रतिशतसम्म पुग्न सक्ने बताएका छन्। पछिल्लो बजार गतिविधि हेर्दा प्रतिफल बढ्ने गति पनि सामान्यभन्दा तीव्र हुन सक्ने उनको आकलन छ।

अमेरिकी अर्थतन्त्रसँग सम्बन्धित पछिल्ला तथ्यांकले भने ब्याजदर घटाउन सकिने आधार देखाएका छन्। जुलाईको खुद्रा बिक्री मे २०२५ यताकै कमजोर देखिएको छ भने श्रम बजारमा पनि सुस्तताका संकेत देखिएका छन्। सामान्य अवस्थामा आर्थिक गतिविधि कमजोर हुँदा लगानीकर्ता सुरक्षित मानिने सरकारी ऋणपत्रतर्फ आकर्षित हुन्छन् र त्यसको प्रतिफल घट्छ। तर अहिले अवस्था उल्टो देखिएको छ।

यसका पछाडि विश्वव्यापी बजारको दबाब प्रमुख कारणमध्ये एक हो। जापानमा अपेक्षाभन्दा कमजोर आर्थिक वृद्धि र बढ्दो मुद्रास्फीतिका कारण १० र २० वर्षे जापानी सरकारी ऋणपत्रको प्रतिफल बढेको छ। यसको प्रभाव अमेरिकी ऋणपत्र बजारमा पनि परेको फन्डस्ट्राटको विश्लेषण छ।

जापान र युरोपसहित अन्य विकसित अर्थतन्त्रमा ऋणपत्रको प्रतिफल बढ्दै गए लगानीकर्ताले अमेरिकी ऋणपत्रमा लगानी गर्न थप प्रतिफल माग गर्न सक्छन्। बीएमओका रणनीतिकारहरूले अमेरिका, जापान र युरोपमा बढिरहेको वित्तीय दबाबले लामो अवधिको ऋणपत्रमा लगानी गर्न जोखिम बढाएको बताएका छन्।

अर्को कारण अमेरिकी अर्थतन्त्रको अपेक्षाभन्दा बलियो प्रदर्शन र फेडरल रिजर्भबाट थप कडाइको सम्भावना हो। बजारले अर्थतन्त्र सन्तुलित रहने अपेक्षा गरे पनि डोयच बैंकले बलियो आर्थिक वृद्धि र मागले मुद्रास्फीति नियन्त्रणमा चुनौती थप्न सक्ने तथा फेडलाई ब्याजदर थप बढाउन दबाब पर्न सक्ने चेतावनी दिएको छ।

ऐतिहासिक रूपमा मुद्रास्फीति ३ प्रतिशतभन्दा माथि रहँदा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने सम्भावना बढ्ने गरेको छ। मुद्रास्फीति लक्ष्यभन्दा माथि कायम रह्यो र वित्तीय अवस्था थप खुकुलो भयो भने फेडले बजारको अनुमानभन्दा कडा नीति लिन सक्छ। त्यसको सीधा असर दीर्घकालीन ऋणपत्रको प्रतिफलमा पर्नेछ।

तेस्रो दबाब अमेरिकी सरकारको बढ्दो ऋण आपूर्ति हो। सरकारले ठूलो परिमाणमा नयाँ ऋणपत्र जारी गरिरहेको छ, तर त्यसअनुसार बजारको माग बलियो देखिएको छैन। त्यसैले लगानीकर्ताले लामो अवधिका लागि अमेरिकी सरकारलाई पैसा दिन थप प्रतिफल माग गरिरहेका छन्। यही कारणले दीर्घकालीन ऋणपत्रको प्रतिफलमाथि दबाब बढेको छ।

ऊर्जाको मूल्य बढ्दा मुद्रास्फीति फेरि चर्किन सक्ने जोखिमले पनि बजारलाई सताएको छ। मुद्रास्फीति, सरकारी ऋणको बढ्दो आपूर्ति र विश्वव्यापी ब्याजदर वृद्धिको दबाब एकै ठाउँमा आएपछि अमेरिकी दीर्घकालीन ऋणपत्र बजार संवेदनशील बनेको छ।

डोयच बैंकका अनुसार अहिलेको बजार अवस्थामा जोखिमका लागि ठाउँ साँघुरिँदै गएको छ। विश्वव्यापी ऋणपत्र प्रतिफलको वृद्धि, अमेरिकी अर्थतन्त्रको अपेक्षाभन्दा बलियो अवस्था र सरकारी ऋणको बढ्दो आपूर्तिले ३० वर्षे ट्रेजरीको प्रतिफललाई अझ माथि धकेल्ने जोखिम कायमै राखेको छ।

2