Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

१० महिनामै जयश्रीको व्यापार १ अर्ब पार

१० महिनामै जयश्रीको व्यापार १ अर्ब पार
A A+ A-

काठमाडौं । म्याजिक ब्रान्डका चप्पलको निर्यात बढेसँगै जयश्री पोलिमरको व्यापारले गति लिएको छ । कम्पनीले गत आर्थिक वर्षको १० महिनामै १ अर्ब ८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । यो रकम कम्पनीले सन् २०२५ को पूरा अवधिमा गरेको १ अर्ब ९ करोड ७० लाख रुपैयाँको कारोबारको करिब बराबर हो ।

कम्पनीले सन् २०२४ मा ८६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसको तुलनामा सन् २०२५ मा कारोबार २७ प्रतिशतले बढेको थियो । भारततर्फको निर्यात बढेपछि कम्पनीको व्यापारमा उल्लेख्य सुधार आएको हो । सन् २०२५ मा कम्पनीको कुल आम्दानीमध्ये ६२.०४ प्रतिशत निर्यातबाट भएको थियो ।

व्यापारसँगै कम्पनीको सञ्चालन क्षमता पनि सुधारिएको देखिन्छ । सन् २०२५ मा १३.६५ प्रतिशत रहेको सञ्चालन मार्जिन गत आर्थिक वर्षको १० महिनामा बढेर १६.४७ प्रतिशत पुगेको छ । यसले बिक्री बढ्नुका साथै सञ्चालनबाट हुने आम्दानीमा समेत सुधार आएको देखाउँछ ।

कम्पनीको नगद सञ्चिति पनि बढेको छ । सन् २०२५ मा १२ करोड १० लाख रुपैयाँ रहेको नगद सञ्चिति गत आर्थिक वर्षको १० महिनामा बढेर १४ करोड रुपैयाँ पुगेको छ ।

सन् २००३ मा स्थापना भएको जयश्री पोलिमरले विभिन्न प्रकारका चप्पल उत्पादन गर्दै आएको छ । कम्पनी नेपालमा इथिलिन–भिनल एसिटेट प्रविधिमा आधारित उत्पादन कारखाना स्थापना गर्ने पहिलो कम्पनीमध्ये एक हो । कम्पनीसँग वार्षिक ९० लाख जोडी चप्पल उत्पादन गर्ने क्षमता छ ।

कम्पनीले म्याजिक, म्याजिक प्लस र एक्टिभा ब्रान्डमा चप्पल उत्पादन तथा बिक्री गर्दै आएको छ । भारतसहितका बजारमा निर्यात विस्तारलाई कम्पनीले कारोबार वृद्धिको मुख्य आधार बनाउँदै आएको छ ।

कम्पनीको वित्तीय संरचना पनि तुलनात्मक रूपमा सहज देखिन्छ । कम्पनीको समग्र गियरिङ अनुपात ०.९५ गुणा छ । सन् २०२५ मा ०.३३ गुणा रहेको ऋण–इक्विटी अनुपात गत आर्थिक वर्षको १० महिनामा ०.९६ गुणा पुगेको छ ।

कम्पनीको ब्याज तिर्ने क्षमता भने बलियो छ । सन् २०२५ मा ७.५६ गुणा रहेको ब्याज कभरेज अनुपात गत आर्थिक वर्षको १० महिनामा सुधार भएर ८.०६ गुणा पुगेको छ । कम्पनीको कुल ऋण तथा नगद सञ्चितिको अनुपात ३.१९ गुणा रहेको छ ।

जयश्री पोलिमरमा अनुज पोदार र रुबी अग्रवालको बराबर स्वामित्व रहेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ५० करोड रुपैयाँको रेटिङ गराएको छ । त्यसमध्ये १३ करोड ८६ लाख रुपैयाँ दीर्घकालीन र ३६ करोड १४ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि रहेको छ ।

2