Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक
A A+ A-

काठमाडौं । शाओमीले रेडमी १७ सिरिजअन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, उच्च रिफ्रेस रेटको डिस्प्ले र नयाँ पुस्ताको प्रोसेसरसहितका यी फोनलाई दैनिक प्रयोगका लागि लक्षित गरिएको कम्पनीले जनाएको छ ।

दुवै फोनमा ७ हजार ५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ । ४५ वाट टर्बो चार्जिङ र २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि रहेको छ । रिभर्स चार्जिङमार्फत फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी अन्य उपकरणसमेत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

दुवै मोडलमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट छ । रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर छ भने रेडमी १७ ५जीमा स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ । दुवै फोनमा शाओमी हाइपरओएस ३ र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म र्‍याम प्रयोग गर्न सकिने सुविधा छ ।

क्यामेरातर्फ दुवै फोनमा ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल अगाडिको क्यामेरा दिइएको छ । डुअल–भ्यु भिडियो रेकर्डिङ, डुअल स्टेरियो स्पिकर, ३.५ एमएम हेडफोन ज्याक तथा एनएफसी सुविधा पनि रहेका छन् ।

करिब २३२ ग्राम तौल भएका दुवै फोनमा आईपी६४ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमता रहेको कम्पनीले जनाएको छ ।

रेडमी १७ को मूल्य

रेडमी १७ कालो, गाढा नीलो, ओक हरियो र लोटस बैजनी रंगमा उपलब्ध हुनेछ । ४ जीबी र्‍याम तथा १२८ जीबी भण्डारण संस्करणको मूल्य २७ हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा १२८ जीबी भण्डारण संस्करणको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

रेडमी १७ ५जी को मूल्य

रेडमी १७ ५जी कालो, गाढा नीलो र चम्किलो सुन्तला रंगमा उपलब्ध हुनेछ । ४ जीबी र्‍याम तथा १२८ जीबी भण्डारणको मूल्य ३३ हजार ९९९ रुपैयाँ, ४ जीबी र्‍याम तथा २५६ जीबीको ३७ हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा २५६ जीबी संस्करणको मूल्य ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

2