Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

चौथो त्रैमासमा टेलिकमको नाफा बढ्यो

चौथो त्रैमासमा टेलिकमको नाफा बढ्यो
A A+ A-

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ४ अर्ब २० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ।

कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असारसम्मको तीन महिनामा टेलिकमले ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको हो। तेस्रो त्रैमासमा कम्पनीको नाफा ३ अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ थियो। यस आधारमा चौथो त्रैमासमा मात्रै नाफा १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बढेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा टेलिकमले १ अर्ब २२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो। यस वर्षको सोही अवधिमा नाफा करिब ३ अर्ब रुपैयाँले बढेको हो। यो करअघिको नाफा हो।

टेलिकमको कुल आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १० अर्ब ३४ करोड ४७ लाख ५२ हजार रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ९ अर्ब ७५ करोड ६५ लाख ३९ हजार रुपैयाँ थियो। एक वर्षमा कुल आम्दानी ५८ करोड ८२ लाख रुपैयाँले बढेको हो।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार पछिल्लो समय एफटीटीएच र जिएसएम डाटाको खपत बढ्दा आम्दानीमा सुधार आएको हो। उनका अनुसार आवाज सेवाको तुलनामा डाटा प्रयोग बढेको छ भने सञ्चालन खर्च पनि अघिल्लो वर्षको तुलनामा घटेको छ।

कम्पनीले विज्ञापन, प्रायोजनलगायतका खर्चमा समेत कटौती गरेको जनाएको छ। यस्ता खर्च घटाउँदा गत आर्थिक वर्षमा करिब १० देखि १५ करोड रुपैयाँ बचत भएको टेलिकमको भनाइ छ।

यस्तै सेवा सञ्चालन तथा मर्मतसम्भार खर्चमा कमी आएको छ। नियामक निकायलाई तिर्नुपर्ने रकम पनि अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको कम्पनीको वित्तीय विवरणले देखाएको छ।

सरकारले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारका कार्यक्रम अघि बढाएको थियो। विशेषगरी इन्टरनेट सेवाको विस्तार, एफटीटीएच सेवा र मोबाइल डाटाको प्रयोग बढ्दै जाँदा त्यसको प्रभाव कम्पनीको आम्दानी र नाफामा देखिएको टेलिकमले जनाएको छ।

2