Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

एनसेलबाट अन्तर्राष्ट्रिय कल गर्दा ६० सेकेन्डको पल्स दर लागू

एनसेलबाट अन्तर्राष्ट्रिय कल गर्दा ६० सेकेन्डको पल्स दर लागू
A A+ A-

काठमाडौं । एनसेलले मंगलबारबाट लागू हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ ।

कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२ मा स्वीकृति दिएसँगै एनसेलले ६० सेकेन्डको नयाँ पल्स दरमा लागू गरेको हो ।

दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको हो ।

प्राधिकरणको स्वीकृति बमोजिम अब अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्याण्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, ईटाली, जापान, साउथ कोरिया, लेवनान, मलेसियामा कल गर्दा यो दर लागू हुने व्यवस्था गरेको छ ।

एनसलले न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, पोल्याण्ड, कतार, रसिया, रोमानिया, साउदी अरेयिबा, सिङ्गापुर, साउथ अफ्रिका, स्पेन, स्वीडेन, स्विटजरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबियालगायतका गन्तव्य मुलुकहरुमा पनि यो नयाँ पल्स दर लागू गरेको छ ।

नयाँ पल्स दर कायम भएका सबै मुलुकहरुको पूरा सूची, कल तथा एसएमएसको शुल्क एनसेल वेबसाइटको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिने जानकारी पनि एनसेलले दिएको छ ।

2