Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अभावको त्रास देखाएर चिनीमा मूल्यवृद्धि

अ+ अ-

चाडपर्वको मौसम सुरु भएसँगै नेपालमा चिनी अभाव हुने हल्ला फैलाएर मूल्य बढाउन थालिएको छ।

पछिल्लो १ महिनामै चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँसम्म बढेको छ। चिनीसँगै दाल, चामल, खाने तेललगायत अत्यावश्यक उपभोग्य वस्तुको मूल्य बढ्न थालेपछि उपभोक्ता मारमा परेका छन्। विशेष परिस्थितिबाहेक एकै पटक ठुलो मूल्य वृद्धि गर्न नमिल्ने अन्तर्राष्ट्रिय बजार मान्यताविपरीत पछिल्लो समय चिनीको मूल्य बढाइएको छ।

भारतले गत वैशाख अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा अभाव हुने त्रास फैलाइएको थियो। त्यसपछि नेपाल चिनी उद्योग संघले जेठ १ गते विज्ञप्ति जारी गर्दै पर्याप्त स्टक रहेकाले अभाव नहुने जनाएको थियो।

संघले त्यतिबेला १ लाख ८ हजार टन चिनी मौज्दात रहेको बताएको थियो। तर, ३ महिनामै मौज्दात सकिन लागेको भन्दै मूल्य बढाइएको छ।

चाडपर्वबाहेक नेपालमा चिनीको औसत माग २५ हजार टन छ । तर जेठ, असार र साउनमा दैनिक १२–१५ टन मात्रै खरिदबिक्री हुने गरेको व्यवसायी बताउँछन्। उद्योगीले बजारमा पठाउने चिनीको मात्रा घटाएर मूल्य बढाएको आरोप खुद्रा व्यापारीहरूको छ ।

काठमाडौँ उपत्यकाका पसलमा अहिले चिनी प्रतिकिलो ११५ देखि १२० रुपैयाँसम्म कारोबार भइरहेको छ। १ महिनाअघि ९५ देखि १०० रुपैयाँमा पाइने चिनी अहिले १२० रुपैयाँसम्म पुगेपछि उपभोक्ता मारमा परेका छन्। नजिकिँदै गरेका चाडपर्वमा चिनी नपाइने हो कि ! भन्ने चिन्ता पनि उपभोक्तामा बढेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइँटेलले मूल्य विश्लेषणको काम भइरहेको र हालसम्मको विश्लेषणमा चिनीको मूल्य प्रतिकिलो १२० रुपैयाँ नभई ११०–११५ रुपैयाँसम्म पुगेको भेटिएको बताए। मौज्दातमा रहेको चिनी सकिन लागेकाले भारतबाट आयातको तयारी भइरहेको पनि उनले जानकारी दिए।

2