Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सन् २०२६ मा चिनियाँ चलचित्रको बक्स अफिस ३ अर्ब अमेरिकी डलर नाघ्यो

अ+ अ-

बेइजिङ। चिनियाँ चलचित्र बजारले सन् २०२६ मा उल्लेख्य वृद्धि देखाएको छ।

अनलाइन प्लेटफर्मका तथ्यांकअनुसार, यस वर्ष हालसम्म चीनको कुल चलचित्र बक्स अफिस संकलन २६ अर्ब युआनभन्दा बढी (करिब ३.६ अर्ब अमेरिकी डलर) पुगेको छ। यसमा पूर्व–बिक्रीसमेत समावेश छ।

यस अवधिमा ६५ करोडभन्दा बढी दर्शकले चलचित्र हेरेका छन् भने ९ करोड ५२ लाखभन्दा बढी पटक स्क्रिनिङ भएका छन्। विशेषगरी ग्रीष्मकालीन चलचित्र सिजनमा बजार गतिविधि तीव्र बनेको छ।

ग्रीष्मकालीन सिजनमा लगातार ३८ दिनसम्म दैनिक बक्स अफिस १० करोड युआनभन्दा माथि रहेको तथ्यांकले देखाएको छ। सन् २०२६ को ग्रीष्मकालीन सिजनको कुल बक्स अफिस पूर्व–बिक्रीसहित १०.२ अर्ब युआनभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ।

अगस्ट ११ मा राष्ट्रव्यापी प्रदर्शनमा आएको ‘वन्स अपन अ टाइम इन द मिडल इस्ट’ ले पनि छोटो समयमै उल्लेख्य व्यापार गरेको छ। प्रदर्शनको आठ दिनमै चलचित्रले १ अर्ब युआनभन्दा बढी कमाउँदै सन् २०२६ को ग्रीष्मकालीन बक्स अफिसमा तीव्र गतिमा चौथो स्थानमा उक्लिएको छ।

यस गर्मीयाममा विभिन्न विधा र विषयवस्तु समेटिएका १०० भन्दा बढी चिनियाँ तथा विदेशी चलचित्र प्रदर्शनमा आएका छन्। नयाँ चलचित्रको निरन्तर प्रदर्शनसँगै बजारमा दर्शकको चाप र चलचित्रसँग सम्बन्धित उपभोक्ता गतिविधि पनि बढेको छ।

चलचित्र प्रदर्शनसँगै विभिन्न सार्वजनिक हित तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्। बढ्दो दर्शक सहभागिता र उपभोक्ता खर्चले चिनियाँ चलचित्र उद्योगमा बजार माग बलियो बन्दै गएको संकेत गरेको छ।

समग्रमा, सन् २०२६ को बक्स अफिस प्रदर्शनले चिनियाँ चलचित्र बजारमा दर्शक संख्या, चलचित्र प्रदर्शन र उपभोक्ता गतिविधि तीनै पक्षमा सकारात्मक गति देखिएको पुष्टि गरेको छ।

2