Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनले सरकारी कम्प्युटरबाट विन्डोज १० हटाउने, स्वदेशी सिस्टम चलाउँने

अ+ अ-

काठमाडौँ – चीनले सरकारी निकायमा प्रयोग हुँदै आएको माइक्रोसफ्टको विन्डोज १० को विशेष संस्करण निर्धारित समयभन्दा अगावै हटाउने प्रक्रिया अघि बढाएको छ। विदेशी प्रविधिमाथिको निर्भरता घटाउने र संवेदनशील सरकारी डेटा सुरक्षालाई प्राथमिकता दिने नीतिअन्तर्गत चीनले यस्तो कदम चालेको हो।

ब्लुमबर्गका अनुसार, चीनको राज्य सुरक्षा मन्त्रालयले केही सरकारी तथा सरकारसम्बद्ध संस्थालाई आफ्ना कम्प्युटरबाट उक्त सफ्टवेयर हटाउन निर्देशन दिएको छ। यसअघि विन्डोजको उक्त संस्करण फेब्रुअरी २०२७ सम्ममा हटाउने योजना थियो।

विन्डोज हटाउनुको मुख्य कारण डेटा सुरक्षासम्बन्धी चिन्ता रहेको बताइएको छ। चीनले कुनै विशिष्ट सुरक्षा कमजोरी वा घटनाबारे जानकारी दिएको छैन। माइक्रोसफ्टले पनि आफ्नो उक्त उत्पादनसँग सम्बन्धित कुनै सुरक्षा घटना जानकारीमा नरहेको बताउँदै नियमित सुरक्षा अपडेट उपलब्ध गराउँदै आएको जनाएको छ।

स्वदेशी अपरेटिङ सिस्टममा जोड

चीनले पछिल्ला वर्षमा सरकारी तथा संवेदनशील संस्थामा स्वदेशी प्रविधिको प्रयोग बढाउँदै आएको छ। काइलिन सफ्टवेयर र टोङसिन सफ्टवेयर टेक्नोलोजी लगायतका चिनियाँ कम्पनीले विन्डोजको विकल्पका रूपमा आफ्ना अपरेटिङ सिस्टम अघि बढाइरहेका छन्।

पछिल्लो निर्णयपछि हनान काइलिनसेक टेक्नोलोजी र आर्चरमाइन्ड टेक्नोलोजीको सेयर मूल्य २० प्रतिशत तथा चाइना नेसनल सफ्टवेयर एन्ड सर्भिसको सेयर १० प्रतिशतसम्म बढेको रिपोर्टमा उल्लेख छ।

चीनले सन् २०१७ मा सरकारी प्रयोजनका लागि विशेष विन्डोज संस्करण माइक्रोसफ्ट र सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेसनको सहकार्यमा विकास गरेको थियो। तर स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिएसँगै सरकारी प्रणालीमा माइक्रोसफ्टको पहुँच घट्दै गएको छ।

रोयटर्सका अनुसार, सन् २०२३ को अन्त्यदेखि २०२६ को मध्यसम्म सार्वजनिक गरिएका चीनका सरकारी कम्प्युटर खरिदसम्बन्धी ६ निर्देशिकामध्ये पाँचवटाले माइक्रोसफ्टका उत्पादन सिफारिस गरेका थिएनन्। यसबीच अमेरिका–चीन प्रविधि प्रतिस्पर्धाका कारण माइक्रोसफ्टले पछिल्ला पाँच वर्षमा चीनका कम्तीमा १५ कार्यालय, शाखा वा संयुक्त उद्यम बन्द गरिसकेको छ।

पछिल्लो कदमले चीनले सरकारी प्रणालीमा विदेशी सफ्टवेयरको निर्भरता घटाउँदै स्वदेशी अपरेटिङ सिस्टमतर्फको संक्रमणलाई थप तीव्र बनाउन खोजेको संकेत गरेको छ।

2