Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

मलदेखि ग्याससम्म प्रमाणपत्रको शासन

मलदेखि ग्याससम्म प्रमाणपत्रको शासन
A A+ A-

काठमाडौं । किसानका लागि मल र सर्वसाधारणका लागि खाना पकाउने ग्यास विलासिताका वस्तु होइनन् । यी दुवै दैनिक जीवन र अर्थतन्त्रका आधारभूत आवश्यकता हुन् । तर पछिल्लो समय नेपालमा यी अत्यावश्यक वस्तु पाउन नागरिकले थप पहिचान प्रमाणित गर्नुपर्ने अवस्था देखिएको छ । खेतमा मल हाल्न किसानलाई जग्गा वा किसानको विवरण देखाउनुपर्ने, चुलो बाल्न उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्थाले आपूर्ति व्यवस्थापनको कमजोरीलाई सतहमै ल्याइदिएको छ ।

विडम्बना अझ गहिरो छ । सरकारी तथ्यांकले मलको मौज्दात देखाउँछ । आयल निगमको तथ्यांकले ग्यासको आयात र बिक्री सामान्यभन्दा माथि पुगेको देखाउँछ । तर बजारको अन्तिम बिन्दुमा पुग्दा किसानले मल पाउँदैनन्, उपभोक्ता ग्यासका लागि घण्टौँ लाइनमा बस्छन् । यसले अभावको परिभाषा नै बदलिदिएको छ । समस्या वस्तु उत्पादन वा आयातमा मात्र होइन, कहाँ, कहिले, कसलाई र कुन प्रणालीबाट वितरण भयो भन्नेमा छ।

सर्लाहीका किसान दाजुभाइ सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहको घटना यसको कठोर उदाहरण हो । नेपालमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका उनीहरू २ बोरा युरिया र ६ बोरा डीएपीसहित पक्राउ परे । ३८ दिन भारतीय जेल बसेपछि धरौटीमा छुटेका उनीहरूले खेतमा मल हाल्न खोज्दा आफैं जेल पुग्नुपरेको पीडा सुनाएका छन् ।

यो घटना संयोग मात्र होइन । धानको मुख्य सिजनमा सर्लाही, रौतहटलगायत जिल्लामा किसान मलका लागि सहकारी, डिलर र बजार धाइरहेका समाचार सार्वजनिक भएका छन् । रौतहटका किसान रोपाइँपछि युरिया खोज्दै सहकारी र डिलर धाउन बाध्य भएको रिपोर्ट आएको छ ।

गोदाममा हजारौँ टन मल तर किसानको हात खाली

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक हेर्दा मलको समस्या खरिदमा मात्र अड्किएको देखिँदैन । आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ६ लाख मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने लक्ष्य राखेको थियो । त्यसका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।

जेठ १८ सम्मको मन्त्रालयको विवरणअनुसार ५ लाख ५७ हजार ७९० दशमलव ६५ मेट्रिक टन मल आपूर्ति भइसकेको थियो । त्यसमध्ये युरिया ३ लाख २९ हजार ६८९ दशमलव ९ मेट्रिक टन, डीएपी २ लाख ८३२ दशमलव १५ मेट्रिक टन र पोटास २७ हजार २६८ दशमलव ६ मेट्रिक टन थियो । सोही अवधिमा गोदाममा १ लाख ४० हजार ८४१ दशमलव ४३ मेट्रिक टन मल मौज्दात थियो ।

अझ महत्वपूर्ण तथ्य बिक्रीसँग जोडिन्छ । जेठ १८ सम्म ४ लाख ६५ हजार ३१९ दशमलव २७ मेट्रिक टन मल बिक्री भएको मन्त्रालयको विवरण छ । अर्थात् आपूर्ति भएको मल र बिक्री भएको मलबीच ठूलो परिमाणको अन्तर थियो ।

कागजमा देखिएको मौज्दातलाई मात्र आधार मान्दा किसानको गुनासो असंगत देखिन सक्छ । तर आपूर्ति शृंखलाको अन्तिम तह हेर्दा तस्वीर फरक देखिन्छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका केन्द्रीय तथा क्षेत्रीय गोदाममा रहेको मल पालिका, सहकारी र किसानसम्म पुग्नुपर्छ । त्यहीँ कतै ढुवानी, कोटा निर्धारण, सहकारीको सदस्यता, स्थानीय वितरण वा अभिलेख व्यवस्थापनमा अवरोध आए गोदाममा मल हुँदाहुँदै खेतमा अभाव देखिन सक्छ ।

यही समस्या सरकारकै अर्को तथ्यांकले पनि संकेत गर्छ । आर्थिक वर्षको अन्त्यतिर सार्वजनिक विवरणमा कुल आपूर्ति ५ लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिक टन पुगेको देखिएको थियो । तर त्यही समयमा किसानको गुनासो भने घटेको थिएन ।

कृषि मन्त्रालयले वितरणमा पालिका र सहकारीको कमजोरीसमेत औंल्याएको रिपोर्ट सार्वजनिक भएको छ । अर्थात् केन्द्रले खरिद गरेर गोदामसम्म पुर्‍याउनु र किसानले समयमै मल पाउनु एउटै कुरा होइन ।

यसको प्रत्यक्ष प्रमाण सल्यानमा देखियो । सहकारीका शेयर सदस्य नभएका किसानलाई मल नदिँदा कतिपय किसान रोपाइँ सकिँदासम्म पनि मल किन्न नपाएको समाचार आएको छ । अनुदानित मलको उद्देश्य किसानलाई उत्पादनमा सहयोग गर्नु हो, सहकारीको सदस्य संख्या बढाउनु होइन । तर वितरणको तहमा पुगेपछि प्राथमिकता प्रणाली नै किसानको पहुँचमा बाधक बन्न थालेको देखिन्छ ।

यहीँ अर्को समस्या जोडिन्छ । सरकारले किसान पहिचानका लागि डिजिटल सूचीकरण प्रणाली अघि बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २६ लाख ४५ हजार किसान परिवार प्रणालीमा आबद्ध भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको थियो । कृषि गणना २०७८ अनुसार देशभर ४१ लाख ३० हजार कृषक परिवार छन् । यस हिसाबले ठूलो संख्या अझै औपचारिक सूचीकरणबाट बाहिर थियो ।

सरकारी किसान सूचीकरण प्रणालीले पनि कृषि पेशा वा व्यवसायमा संलग्न किसानलाई अनुदान र सहायता प्राप्त गर्न सूचीकरण संकेत नम्बर आवश्यक हुने जनाएको छ ।

यसले पहिचान प्रणालीको आवश्यकता देखाउँछ । तर समस्या त्यतिबेला उत्पन्न हुन्छ, जब पहिचानको प्रमाण उत्पादन गर्ने किसानभन्दा कागजी स्वामित्वसँग बढी जोडिन्छ । लिजमा खेती गर्ने, मोही, बटैयादार वा अरूको जमिनमा व्यावसायिक खेती गर्ने किसानसँग लालपुर्जा नहुन सक्छ । खेतमा उत्पादन गर्ने व्यक्ति र कागजमा जमिनको मालिक एउटै हुनुपर्छ भन्ने मान्यता राखियो भने अनुदानको लक्ष्य नै कमजोर हुन्छ ।

दुई बोरा मलले खोलेको वितरणको पोल

सर्लाहीका सिंह दाजुभाइको घटना आपूर्ति प्रणालीको सबैभन्दा कमजोर कडी देखाउने दृष्टान्त बनेको छ ।

स्थानीय बजारमा मल नपाएपछि उनीहरू सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका थिए । खेतमा प्रयोग गर्न मल किनेका उनीहरू फर्कंदै गर्दा भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परे । भारतीय पक्षले मल तस्करीको आरोप लगायो । उनीहरू ३८ दिन सीतामढीको डुमरा जेलमा बसेपछि अदालतको आदेशमा धरौटीमा रिहा भए ।

रिहा भएपछि सुरेश सिंहले आफूहरू खेतमा हुनुपर्ने समयमा जेलमा पुगेको बताएका छन् । उनीहरूको खेतमा धान र उखु रोपिएको भए पनि मल हाल्न ढिलाइ भएको गुनासो उनले गरेका छन् । उनले दुई बोरा मलका लागि कसैले जेल बस्न नपरोस् भन्ने पीडा व्यक्त गरेका छन् ।

यो घटनाको आर्थिक पक्ष पनि महत्वपूर्ण छ । किसानले सरकारी अनुदानित मल समयमै पाएन भने उसले तीनमध्ये एउटा बाटो रोज्नुपर्छ । महँगो बजारबाट मल किन्नु, सीमापारिबाट जोखिम मोलेर ल्याउनु वा मल नहालेरै खेती गर्नु । तीनवटै अवस्थामा क्षति किसानकै हुन्छ ।

पहिलो विकल्पमा उत्पादन लागत बढ्छ । दोस्रोमा कानुनी र सुरक्षा जोखिम थपिन्छ । तेस्रोमा उत्पादन घट्ने सम्भावना हुन्छ । त्यसको प्रभाव किसानको आम्दानीमा मात्र सीमित रहँदैन । धान, गहुँ, मकैजस्ता मुख्य खाद्यबालीको उत्पादनमा असर परे खाद्यान्न आयात र उपभोक्ता मूल्यमा समेत दबाब पर्छ ।

त्यसैले मलको वितरणमा देखिएको कमजोरीलाई सामान्य प्रशासनिक त्रुटि भनेर टार्न मिल्दैन । यो खाद्य सुरक्षा र कृषि अर्थतन्त्रसँग जोडिएको विषय हो ।

ग्यासमा पनि तथ्यांक र लाइनबीच दूरी

मलको कथा सकिँदैन, त्यही ढाँचा अहिले ग्यासमा पनि देखिएको छ । साउन ३० गते काठमाडौं उपत्यकाका पाँच स्थानमा नेपाल आयल निगमले प्रत्यक्ष ग्यास बिक्री गर्दा लामो लाइन लाग्यो । टेकु, चाबहिल, कीर्तिपुर, बसुन्धरा र बबरमहलमा उपभोक्ता खाली सिलिन्डर लिएर पुगे । धेरै उपभोक्ता टाढाबाट गाडी भाडा तिरेर सिलिन्डर र नागरिकता बोकेर लाइनमा बसेका थिए । निगमले ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य लिएर आउन सूचना जारी गरेपछि त्यसको व्यापक विरोधसमेत भयो ।

निगमले पछि अत्यावश्यक उपभोक्ताका लागि थप केन्द्रबाट प्रत्यक्ष बिक्रीको व्यवस्था गर्‍यो । तोकिएका केन्द्रमा ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउन भनिएको थियो । त्यतिबेला १४.२ किलोको ग्यास सिलिन्डरको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ थियो ।

तर ग्यासको तथ्यांक हेर्दा आपूर्ति नै ठप्प भएको निष्कर्ष निकाल्न कठिन हुन्छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको साउनमा ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यास बिक्री भएको छ । यो ४० लाख ३६ हजार ३६४ सिलिन्डर बराबर हो । अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यो करिब २९ दशमलव ३ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा कुल ५ लाख २१ हजार ५२९ मेट्रिक टन एलपी ग्यास बिक्री भएको थियो । त्यसअघि २०८१/८२ मा ५ लाख ५५ हजार १११ मेट्रिक टन बिक्री भएको थियो । एक वर्षमा बिक्री करिब ६ प्रतिशत घटे पनि नयाँ आर्थिक वर्ष सुरु भएपछि साउनमा माग र बिक्री दुवै अस्वाभाविक रूपमा बढेका छन् ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार सामान्य बजारमा दैनिक करिब १ लाख ८ हजारदेखि १ लाख १० हजार सिलिन्डरको माग हुन्छ । तर साउनको पहिलो १० दिनमा दैनिक करिब १ लाख ५६ हजार ४ सय सिलिन्डर भर्न पुग्ने ग्यास आयात भइरहेको थियो । त्यसका बाबजुद बजार सहज नहुँदा निगम स्वयं अचम्मित भएको उनले बताएका छन् । उनका अनुसार धेरै उपभोक्ताले घरमा रहेका खाली सिलिन्डर एकैपटक साट्न बजारमा ल्याएकाले माग अस्वाभाविक रूपमा बढेको हुन सक्छ ।

निगमले भदौ २ गते काठमाडौं उपत्यकामा ४७ हजार ३८८ सिलिन्डर बिक्री गर्ने जनाएको थियो । उपत्यकाको सामान्य दैनिक माग ३५ देखि ३७ हजार सिलिन्डर रहेको अवस्थामा त्यो औसतभन्दा निकै बढी हो । भदौ १ गते मात्रै ५२ हजार ५७६ सिलिन्डर बिक्री भएको र साउन २७ देखि भदौ २ गतेसम्म ३ लाख ९ हजार ५५३ सिलिन्डर बिक्री भएको निगमले जनाएको छ ।

नेपाल ग्यास उद्योगका प्रबन्ध सञ्चालक गोकुल भण्डारीले पनि सामान्य मासिक खपत करिब ३५ लाख सिलिन्डर अर्थात् दैनिक करिब १ लाख १० हजार रहेको बताएका छन् । उनका अनुसार पछिल्लो समय दैनिक करिब १ लाख ३० हजार सिलिन्डर बराबरको ग्यास आयात तथा वितरण भइरहेको छ । उनको निष्कर्षमा अहिलेको समस्या आयात घट्नु मात्र नभई उपभोक्ताले घरमा ग्यास सञ्चय गर्न खोज्दा वास्तविक आवश्यकताअनुसार वितरणमा दबाब पर्नु पनि हो ।

तर उपभोक्ताको अनुभवलाई केवल सञ्चयको मनोविज्ञान भनेर टार्न पनि मिल्दैन । आपूर्ति सामान्य छ भने उपभोक्ताले घरनजिकको डिलरबाट नियमित सिलिन्डर साट्न सक्नुपर्छ । त्यहाँ समस्या भएपछि राज्यले प्रत्यक्ष बिक्री केन्द्र खोल्छ, खाली सिलिन्डर बोकेर नागरिकता देखाउँदै लाइन बस्नुपर्ने अवस्था आउँछ भने वितरण प्रणालीको कमजोरीलाई पनि तथ्यांकको हिस्सा मान्नुपर्छ ।

अत्यावश्यक वस्तुमा पहिचानको बोझ

मल र ग्यास फरक वस्तु हुन् । एउटा कृषि उत्पादनको मुख्य इनपुट हो, अर्को घरायसी ऊर्जाको प्रमुख स्रोत । तर दुवैमा देखिएको समस्या समान छ । केन्द्रमा पर्याप्त देखिने वस्तु अन्तिम उपभोक्तासम्म पुग्दा दुर्लभ बन्छ।

मलमा गोदामको मौज्दात र खेतको उपलब्धताबीच दूरी छ । ग्यासमा आयात र बिक्री बढेको तथ्यांक र उपभोक्ताको लाइनबीच दूरी छ ।

यही दूरीले सरकारी आपूर्ति व्यवस्थापनको वास्तविक कमजोरी देखाउँछ ।

मलको हकमा अब ‘कति मल आयो’ भन्ने विवरण मात्र पर्याप्त हुँदैन । कुन कम्पनीले कति आयात गर्‍यो, कुन गोदाममा कति पुग्यो, कुन पालिकाले कति उठायो, कुन सहकारीले कति लग्यो र किसानलाई कति वितरण भयो भन्ने विवरण एउटै डिजिटल प्रणालीमा जोडिनुपर्छ । त्यसो भए मात्रै गोदाममा थन्किएको मल र किसानले पाएको मलबीचको अन्तर पहिचान गर्न सकिन्छ ।

ग्यासमा पनि उद्योगबाट डिलरसम्म र डिलरबाट उपभोक्तासम्मको वितरण तथ्यांक जोडिन आवश्यक छ । अहिले उद्योगहरूले आयात र डिलरलाई बिक्री गरेको विवरण निगमलाई दिन थालेको व्यवसायीहरूले बताएका छन् । कुन डिलरले कुन उपभोक्तालाई कति ग्यास बिक्री गर्‍यो भन्ने अभिलेख व्यवस्थित गर्ने प्रक्रिया पनि अघि बढाइएको उनीहरूको भनाइ छ ।

यो प्रणाली कालोबजारी नियन्त्रणका लागि उपयोगी हुन सक्छ । तर पहिचान प्रणाली आफैं आपूर्ति व्यवस्थापनको विकल्प बन्न सक्दैन ।

ग्यास लिन नागरिकता माग्नु आपत्कालीन अवस्थामा वितरण व्यवस्थित गर्ने अस्थायी उपाय हुन सक्छ । तर सामान्य अवस्थामा उपभोक्ताले चुलो बाल्न नागरिकता बोकेर सरकारी बिक्री केन्द्र पुग्नुपर्ने अवस्था कायम रह्यो भने त्यसले राज्यको सेवा प्रणालीलाई सहज होइन, उल्टै जटिल बनाउँछ ।

मलमा पनि किसान पहिचान आवश्यक छ । तर पहिचानको आधार जमिनको स्वामित्व मात्र बनाउनु हुँदैन । सरकारले सुरु गरेको किसान सूचीकरण प्रणालीलाई प्रभावकारी बनाएर वास्तविक रूपमा खेती गर्ने व्यक्तिको उत्पादन, क्षेत्रफल, बाली र आवश्यकतासँग मल वितरण जोड्न सकिन्छ । त्यसो भए लालपुर्जाले होइन, उत्पादन गर्ने किसानको डिजिटल अभिलेखले अनुदानित मलको पहुँच निर्धारण गर्न सक्छ ।

अहिलेको संकटले एउटा महत्वपूर्ण प्रशासनिक पाठ दिएको छ । आपूर्ति व्यवस्थापनको सफलता खरिद, आयात वा गोदामको मौज्दातबाट मापन हुँदैन । सफलता त्यसबेला देखिन्छ, जब किसानले रोपाइँकै समयमा मल पाउँछ र उपभोक्ताले घरनजिकैको डिलरबाट ग्यास साट्न सक्छ।

सरकारसँग मल खरिद गर्ने बजेट छ, आयात गर्ने संयन्त्र छ, गोदाम छन्, किसान सूचीकरण प्रणाली छ । ग्यासका लागि निगम छ, उद्योग छन्, डिलर सञ्जाल छ र दैनिक बिक्रीको डिजिटल तथ्यांक पनि छ । कमजोरी स्रोतको अभावभन्दा बढी यी संयन्त्रबीचको समन्वय र अन्तिम वितरणमा देखिन्छ ।

सर्लाहीका दुई किसान ३८ दिन भारतीय जेल बस्नु नपर्ने थियो, यदि उनीहरूले आफ्नो खेतका लागि चाहिएको दुई बोरा युरिया नेपालमै सहज रूपमा पाएका भए । काठमाडौंका उपभोक्ता नागरिकता बोकेर घण्टौँ लाइनमा बस्नुपर्ने थिएन, यदि आयात भएको ग्यास डिलर हुँदै वास्तविक माग भएका घरमा नियमित रूपमा पुगिरहेको भए ।

त्यसैले अब सरकारी प्रतिवेदनमा मलको मौज्दात र ग्यासको आयात बढेको तथ्यांक मात्र पर्याप्त छैन । राज्यले आफ्नो आपूर्ति प्रणालीको अन्तिम बिन्दु देखाउन सक्नुपर्छ ।

गोदाममा कति छ भन्ने तथ्यांकभन्दा किसानको खेतमा कति पुग्यो भन्ने तथ्यांक महत्वपूर्ण छ । आयात कति भयो भन्नेभन्दा उपभोक्ताको चुलोमा कति सहज भयो भन्ने परिणाम महत्वपूर्ण छ ।

मल र ग्यासको पछिल्लो संकटले यही प्रशासनिक कमजोरी उजागर गरेको छ । नागरिकलाई अत्यावश्यक वस्तु उपलब्ध गराउने राज्यको जिम्मेवारी पूरा गर्न थप प्रमाणपत्र, थप लाइन र थप सूचना होइन, आपूर्ति शृंखलाको अन्तिम तहसम्म पुग्ने जवाफदेही प्रणाली आवश्यक छ ।

अन्यथा कागजमा पर्याप्त मल भइरहनेछ, किसानले लालपुर्जा खोजिरहनेछन् । बजारमा पर्याप्त ग्यास बिक्री भइरहनेछ, उपभोक्ता नागरिकता बोकेर लाइन बसिरहनेछन् । सरकारको तथ्यांक बलियो देखिए पनि नागरिकको अनुभव भने अभावकै रहनेछ।

यही अन्तर नघटेसम्म मल र ग्यासको संकटलाई केवल बजारको समस्या भन्न मिल्दैन । यो राज्यको वितरण क्षमता, अनुगमन र सुशासनको प्रत्यक्ष परीक्षा हो।

मल खेतसम्म र ग्यास भान्सासम्म सहज रूपमा नपुगेसम्म सरकारी तथ्यांकले नागरिकको अभाव ढाक्न सक्दैन।

2