Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भारतीय तरकारीमा कडाइले किसानलाई राहत

अ+ अ-

बाँके । भारतीय सागसब्जीको आयातमा भन्सार कडाइ भएपछि बाँकेका किसानले उत्पादन गरेको तरकारीले स्थानीय बजारमा राम्रो मूल्य पाउन थालेको छ। बजार सुनिश्चित हुन थालेसँगै विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत व्यावसायिक सागसब्जी उत्पादनतर्फ आकर्षित हुन थालेका छन्।

कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार जिल्लामा अहिले ६ हजार ३५२ हेक्टर क्षेत्रफलमा सागसब्जी खेती भइरहेको छ। यहाँ वार्षिक करिब १३ हजार मेट्रिकटन सागसब्जी उत्पादन हुने गरेको केन्द्रको तथ्यांक छ।

कृषि ज्ञान केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रमअन्तर्गत एक हजार ३५० किसानलाई लौका, फर्सी, करेला लगायत हिउँदे सागसब्जीका बीउसमेत वितरण गरेको छ। उत्पादनसँगै बजारको सम्भावना बढेपछि किसानको आकर्षण नगदे बालीका रूपमा सागसब्जी खेतीमा बढेको केन्द्रले जनाएको छ।

भारतबाट आउने सस्तो तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा यसअघि स्थानीय किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका थिएनन्। अहिले भारतीय कृषि उपज आयातमा भन्सार प्रक्रिया कडाइ भएपछि आयात घटेको छ। त्यसको प्रत्यक्ष लाभ बाँकेका किसानले पाउन थालेका छन्।

नेपालगञ्जस्थित रानीतलाउ कृषि उपज बजारमा अहिले स्थानीय उत्पादनको आपूर्ति बढेको छ। बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार भारतबाट तरकारी आयात गर्दा भन्सार तिर्नुपर्ने भएपछि लागत बढेको छ। त्यसकारण व्यवसायीले भारतीय तरकारीको आयात घटाउँदा स्थानीय उत्पादनले बजारमा ठाउँ पाएको हो।

अहिले नेपालगञ्जको बजारमा बाँकेमै उत्पादन भएका फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेडा र खुर्सानीलगायत तरकारीको आपूर्ति भइरहेको छ।

डुडुवा गाउँपालिका–६ हिरमिनिया तथा नेपालगञ्ज उपमहानगरपालिकाका भवानीयापुर, परसपुर, बसुदेवपुर, पुरैनीलगायत क्षेत्रमा किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन्। बजारमा स्थानीय उत्पादनको माग बढेपछि थप किसान पनि खेती विस्तारतर्फ लागेका छन्।

नेपालगञ्ज–१९ का अगुवा किसान गोपी यादवका अनुसार केही समयअघिसम्म तरकारी बेच्न किसानले टाढाका बजारसम्म पुग्नुपर्थ्यो। अहिले भने खेतबारीबाटै व्यापारीले उत्पादन उठाउन थालेका छन्। यसले किसानलाई ढुवानी खर्च बचत हुनुका साथै उत्पादनको मूल्यसमेत राम्रो मिलेको छ।

नेपालगञ्ज–२१ पुरैनाका किसान जलालुद्दीन बागवान पनि अहिलेको बजार अवस्थाबाट सन्तुष्ट छन्। उनका अनुसार विगतमा मण्डीमा पुर्‍याउँदा समेत उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यता थियो। अहिले भने व्यापारीले खेतमै आएर तरकारी खरिद गर्न थालेका छन्।

स्थानीय किसानका लागि यो अवस्था तत्कालीन राहत मात्रै नभई व्यावसायिक खेती विस्तार गर्ने अवसर पनि बनेको छ। तर बजारको यो अवस्था टिकाइराख्न उत्पादनको गुणस्तर, भण्डारण, बजार व्यवस्थापन र किसानलाई उचित मूल्य दिलाउने प्रणालीमा पनि ध्यान दिनुपर्ने देखिन्छ।

भारतीय तरकारीको आयात घट्दा स्थानीय उत्पादनले बजार पाउनु सकारात्मक भए पनि किसानले दीर्घकालीन रूपमा प्रतिस्पर्धी बन्न उत्पादन लागत घटाउने, आधुनिक प्रविधि अपनाउने र बजारसँग प्रत्यक्ष जोडिने व्यवस्था आवश्यक हुन्छ। अहिले भने बाँकेका किसानका लागि खेतमा फलाएको तरकारी बारीमै मूल्य पाउने अवस्था फर्किएको छ।

2