Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

नेपालबाट विश्वतर्फ ‘रोड टु एभरेस्ट’को यात्रा

नेपालबाट विश्वतर्फ ‘रोड टु एभरेस्ट’को यात्रा
A A+ A-

हङकङ। सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को आइतबार हङकङमा विशेष प्रदर्शन गरिएको छ।

हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा आयोजित प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शक सहभागी थिए।

खचाखच दर्शकको उपस्थितिमा सम्पन्न प्रदर्शनपछि दर्शकले वृत्तचित्रको प्रस्तुति, विषयवस्तु र सन्देशको प्रशंसा गरेका थिए। सगरमाथाको यात्रा पर्दामार्फत नजिकबाट अनुभव गर्न पाएको र आफूहरू पनि आरोहण यात्रामै सहभागी भएको अनुभूति भएको प्रतिक्रिया दर्शकले दिएका थिए।

प्रदर्शनमा हङकङबाट सगरमाथा आरोहण गरेका आधादर्जन चिनियाँ आरोहीसमेत सहभागी थिए।

५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रालाई केन्द्रमा राखेको छ। यसमा पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई प्रस्तुत गरिएको छ।

वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रा छ। प्रदर्शनमा वृत्तचित्रका पात्र तथा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा, निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ र सुरज गुरुङ पनि सहभागी थिए। फुर्वाले १८ पटक र निमाले ११ पटक सगरमाथा आरोहण गरिसकेका छन्।

निर्देशक निर्मल श्रेष्ठले ‘रोड टु एभरेस्ट’ सगरमाथालाई चिनाउनेभन्दा पनि बुझाउने प्रयास भएको बताए।

“सगरमाथालाई चिनाउनभन्दा पनि सगरमाथालाई बुझाउन यो फिल्म बनाएका हौँ,” श्रेष्ठले भने, “सगरमाथा केवल एउटा हिमाल होइन, यो नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको हाम्रो गौरव हो।”

उनले वृत्तचित्र वर्तमान पुस्ताका लागि मात्र नभई भावी पुस्ताका लागि समेत महत्वपूर्ण दस्तावेज बन्ने बताए।

कार्यक्रममा वि विल राइज फाउन्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखापरिरहेका परिवर्तनबारे वृत्तचित्रले महत्वपूर्ण सन्देश दिएको बताए।

उनले ‘रोड टु एभरेस्ट’लाई विश्वभरका फिल्म फेस्टिभलमा पुर्‍याएर जलवायु परिवर्तन तथा हिमाली संरक्षणबारे अन्तर्राष्ट्रिय स्तरमा चेतना फैलाउने उद्देश्य रहेको बताए। उनका अनुसार नेपाली हिमाली सम्पदा, पर्यटन र वातावरणीय विषयलाई विश्व समुदायसमक्ष पुर्‍याउन वृत्तचित्रले प्रभावकारी भूमिका खेल्नेछ।

वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। फिल्म नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ।

नेपालमा विशेष प्रदर्शनपछि हङकङमा गरिएको ग्रान्ड प्रिमियरसँगै ‘रोड टु एभरेस्ट’को अन्तर्राष्ट्रिय यात्रा थप विस्तार भएको निर्माण पक्षले जनाएको छ। अब वृत्तचित्रलाई विभिन्न देशका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, विशेष प्रदर्शन तथा सिनेमा हलमा पुर्‍याउने तयारी भइरहेको छ।

हङकङमा प्राप्त उत्साहजनक प्रतिक्रियाले नेपालबाट सुरु भएको सगरमाथाको कथा विश्व समुदायसम्म पुर्‍याउने अभियानलाई थप ऊर्जा दिएको निर्माण पक्षको भनाइ छ।

2