Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अमेरिकी ऋण ४०० खर्ब डलर

अ+ अ-

एजेन्सी । अमेरिकाको राष्ट्रिय ऋण बुधबार पहिलोपटक ४०० खर्ब डलर पुगेको छ। तीव्र रूपमा बढिरहेको सरकारी ऋण र त्यसको ब्याज खर्चले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन वित्तीय दबाब बढाएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

अमेरिकाले यसअघि मार्चमा ३९० खर्ब डलर ऋण पुगेको रेकर्ड बनाएको थियो। त्यसको करिब पाँच महिनापछि ऋण ४०० खर्ब डलर पुगेको हो। यसअघि अक्टोबरमा ३८० खर्ब डलर पुगेको थियो।

राष्ट्रिय ऋणमा भएको तीव्र वृद्धिले अमेरिकी सरकारको खर्च व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। रक्षा खर्च, सामाजिक सुरक्षा, मेडिकेयर तथा बढ्दो सरकारी घाटाको ब्याज भुक्तानीमा संघीय बजेटको ठूलो हिस्सा खर्च भइरहेको छ।

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले ट्रम्प प्रशासनले ऋण र कुल गार्हस्थ्य उत्पादनको अनुपातलाई नियन्त्रणमा ल्याउन आर्थिक वृद्धि तीव्र बनाउने तथा संघीय खर्चमा हुने बर्बादी, ठगी र दुरुपयोग घटाउने काममा ध्यान केन्द्रित गरेको बताएका छन्।

तर अर्थशास्त्री तथा वित्तीय क्षेत्रका विज्ञहरूले बढ्दो ऋणको असर अमेरिकी नागरिकको दैनिक जीवनमा समेत देखिन सक्ने चेतावनी दिएका छन्। सरकारी ऋण बढ्दै जाँदा धितो र सवारीसाधनजस्ता वस्तु खरिदका लागि लिइने कर्जाको लागत बढ्न सक्ने, व्यवसायमा लगानीका लागि उपलब्ध पुँजी घट्न सक्ने र वस्तु तथा सेवाको लागत महँगिन सक्ने उनीहरूको भनाइ छ।

पिटर जी. पिटरसन फाउन्डेसनका प्रमुख कार्यकारी माइकल ए. पिटरसनले अमेरिकी नीति निर्माताले अहिले नै देशको वित्तीय अवस्थालाई दिगो र किफायती दिशामा लैजानुपर्ने बताएका छन्।

अमेरिकामा सरकारको आम्दानीभन्दा खर्च बढी हुँदा पछिल्ला धेरै राष्ट्रपतीय कार्यकालमा राष्ट्रिय ऋण तीव्र रूपमा बढेको हो। विशेषगरी कोरोना महामारीका क्रममा अर्थतन्त्रको ठूलो हिस्सा बन्द भएपछि सरकारहरूले नागरिक, व्यवसाय र अर्थतन्त्रलाई राहत तथा पुनरुत्थानका लागि ठूलो रकम खर्च गरेका थिए।

राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो कार्यकालमा सुरु भएको ठूलो ऋण विस्तारलाई पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा पनि निरन्तरता दिइएको थियो। त्यसपछि ट्रम्पले गत वर्ष रिपब्लिकनको कर कटौती तथा खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरेपछि थप सरकारी खर्चको बाटो खुलेको थियो।

बढ्दो ऋणसँगै ब्याज भुक्तानीको बोझ पनि बढ्दै गएको छ। सन्तुलित बजेटका पक्षधरहरूले दीर्घकालमा यसले अमेरिकी सरकारलाई शिक्षा, पूर्वाधार, स्वास्थ्य तथा अन्य सार्वजनिक कार्यक्रममा खर्च गर्ने क्षमता सीमित गर्न सक्ने चेतावनी दिएका छन्।

बाइपार्टिसन पोलिसी सेन्टरकी अध्यक्ष तथा प्रमुख कार्यकारी मार्गरेट स्पेलिङ्सले संघीय ऋणले अमेरिकीहरूको जीवनयापन लागत बढाउनुका साथै अन्य खर्च र लगानीलाई प्रभावित गरिरहेको बताएकी छन्।

उनका अनुसार अहिलेको वित्तीय अवस्था दिगो देखिँदैन। कृत्रिम बुद्धिमत्ता क्षेत्रमा हुने ठूलो परिवर्तन, आर्थिक मन्दी, विश्वव्यापी युद्ध वा अन्य आकस्मिक घटनाले अमेरिकाको वित्तीय चुनौतीलाई अझ गम्भीर संकटमा परिणत गर्न सक्ने जोखिम रहेको उनले बताएकी छन्।

अमेरिका संघीय ऋणको वैधानिक सीमाको अधीनमा छ। ऋण सीमा निर्धारण, वृद्धि वा निलम्बन गर्ने अधिकार अमेरिकी कांग्रेससँग छ।

बाइपार्टिसन पोलिसी सेन्टरको अनुमानअनुसार अमेरिकाको राष्ट्रिय ऋण २०२७ को अन्त्यतिर वा मध्यगर्मी आसपास ४११ खर्ब डलरको ऋण सीमा नजिक पुग्न सक्छ। त्यसअघि कांग्रेसले ऋण सीमा बढाउने वा निलम्बन गर्ने विषयमा पुनः निर्णय गर्नुपर्नेछ।

अमेरिकाको बढ्दो ऋणले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा समेत दबाब सिर्जना गर्न सक्ने देखिन्छ। अमेरिकी सरकारी ऋणपत्र विश्वकै प्रमुख सुरक्षित लगानी साधनमध्ये पर्ने भएकाले ऋण र ब्याज खर्चमा हुने तीव्र वृद्धिले अमेरिकी ब्याजदर, लगानी र विश्वव्यापी वित्तीय बजारमा प्रभाव पार्न सक्छ।

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को पछिल्लो तथ्यांक विश्लेषणले पनि अन्य विकसित मुलुकको तुलनामा अमेरिकाको वित्तीय अवस्था कमजोर रहेको देखाएको छ।

४०० खर्ब डलरको ऋण आफैंमा तत्काल आर्थिक संकट घोषणा गर्ने आधार भने होइन। तर ऋण वृद्धिको गति, लगातारको बजेट घाटा र ब्याज भुक्तानीको बढ्दो बोझले अमेरिकालाई आगामी वर्षहरूमा खर्च, कर र ऋण व्यवस्थापनबारे कठिन निर्णय लिनुपर्ने अवस्थामा पुर्‍याउने देखिएको छ।

2