काठमाडौं । धितोपत्र दलाल व्यवसायी कम्पनीहरूले साउनमा ४१ करोड रुपैयाँभन्दा बढी कमिसन आर्जन गरेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ९१ वटा ब्रोकर कम्पनीले साउनमा कुल ४१ करोड २७ लाख ३६ हजार रुपैयाँ कमिसन कमाएका हुन्।
यो रकम असारको तुलनामा ७.१६ प्रतिशत अर्थात् २ करोड ७६ लाख रुपैयाँ बढी हो। असारमा ब्रोकर कम्पनीहरूले कुल ३८ करोड ५१ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका थिए।
साउनमा सबैभन्दा धेरै कमिसन नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) ले कमाएको छ। नासाले एक महिनामै ३ करोड ८२ लाख २४ हजार रुपैयाँ कमिसन आर्जन गरेको नेप्सेको तथ्यांकमा उल्लेख छ।
त्यसपछि सानी सेक्युरिटिज (४२) ले १ करोड ४० लाख ३८ हजार, इम्पेरियल सेक्युरिटिज (४५) ले १ करोड ३२ लाख ४८ हजार, भिजन सेक्युरिटिज (३४) ले १ करोड ३२ लाख १३ हजार र अनलाइन सेक्युरिटिज (४९) ले १ करोड ३१ लाख ४६ हजार रुपैयाँ कमिसन कमाएका छन्।
यस्तै, त्रिशक्ति सेक्युरिटिज (४८) ले १ करोड २१ लाख २२ हजार, दीपशिखा धितोपत्र कारोबार कम्पनी (३८) ले १ करोड ३ लाख ४२ हजार, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (४४) ले १ करोड २ लाख ९ हजार र आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज (५७) ले १ करोड ११ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन्।
एबीसी सेक्युरिटिज (१७) ले ८६ लाख ७५ हजार, कोहिनूर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (३५) ले ८५ लाख ८ हजार, क्यापिटल म्याक्स सेक्युरिटिज (६२) ले ८३ लाख ७९ हजार, नबिल स्टक डिलर (७७) ले ८२ लाख ४१ हजार, प्रिमियर सेक्युरिटिज (३२) ले ७७ लाख ६१ हजार र नेपाल स्टक हाउस (१४) ले ७५ लाख १२ हजार रुपैयाँ कमाएका छन्।
त्यसैगरी सुमेरु सेक्युरिटिज (३९) ले ७० लाख ९० हजार, लिन्च स्टक मार्केट (४१) ले ७० लाख ६० हजार, श्री हरि सेक्युरिटिज (५६) ले ६७ लाख ५७ हजार, कलश स्टक मार्केट (७४) ले ६३ लाख ६५ हजार र नागरिक स्टक डिलर (६०) ले ६० लाख ५३ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन्।
यता सबैभन्दा कम कमिसन मनी वर्ल्ड सेयर एक्सचेन्ज (७३) ले आर्जन गरेको छ। कम्पनीले साउनमा ७०५ रुपैयाँ मात्रै कमिसन कमाएको नेप्सेको तथ्यांकमा उल्लेख छ।
कम कमिसन कमाउनेमध्ये पाही इन्भेस्टमेन्ट (७९) ले ६२ हजार ३०९ रुपैयाँ, गरिमा सेक्युरिटिज (७८) ले ४ लाख ९ हजार, ट्रेडमो सेक्युरिटिज (९८) ले ५ लाख, बेनी सेक्युरिटिज (९३) ले ५ लाख ८१ हजार र सजिलो ब्रोकर (९०) ले ६ लाख ८८ हजार रुपैयाँ कमाएका छन्।
त्यस्तै एलिट स्टक हाउस (६८) ले १२ लाख ९०२ रुपैयाँ, सगरमाथा सेक्युरिटिज (१८) ले १० लाख ९६ हजार, स्वर्णलक्ष्मी सेक्युरिटिज (३७) ले १० लाख ८४ हजार, भोले गणेश सेक्युरिटिज (६१) ले १० लाख ७८२ रुपैयाँ र आरबीबी सेक्युरिटिज (९७) ले ८ लाख ७१ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन्।
