Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनखानी पहिरोमा १०७ जनाको मृत्यु

अ+ अ-

काठमाडौं । मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को पश्चिमी क्षेत्रमा रहेको सुनखानीमा पहिरो जाँदा कम्तीमा १०७ जनाको मृत्यु भएको छ। क्यामरुनको सीमाना नजिकै रहेको खानीमा मंगलबार दिउँसो दुर्घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

क्यामरुन सीमासँग जोडिएको गरुवा–बुलाइ सहरका मेयर अदामो अब्दोनका अनुसार उद्धार टोलीले मलबेबाट हालसम्म १०७ जनाको शव निकालेको छ। उद्धार तथा राहत कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

प्रारम्भिक विवरणअनुसार खानीभित्र रहेका धेरै सुरुङ भासिँदा पहिरो गएको हुनसक्ने अनुमान गरिएको छ। दुर्घटनाको वास्तविक कारण भने अझै खुलेको छैन। घटनाबारे अधिकारीहरूले अनुसन्धान अघि बढाएका छन्।

दुर्घटनाबाट बचेका एक खानी मजदुर सेड्रिक मबाङ्गोले जमिन अचानक भासिँदा धेरै मानिस मलबेमा पुरिएको बताएका छन्। उद्धारकै क्रममा केही व्यक्ति मलबेमा फसेको उनको भनाइ छ।

क्यामरुनको पूर्वी क्षेत्रका गभर्नरका अनुसार मृतकमध्ये कम्तीमा तीन जना क्यामरुनका नागरिक छन्। उनीहरूको शव अन्त्येष्टिका लागि क्यामरुन पठाउने तयारी भइरहेको छ।

घटनामा घाइते तथा उद्धार गरिएका व्यक्तिलाई घटनास्थलबाट करिब ५० किलोमिटर टाढा सीएआरको बाबुआ सहरस्थित अस्पतालमा उपचारका लागि लगिँदैछ।

यस क्षेत्रमा परम्परागत तथा साना आकारका सुनखानी धेरै परिवारको आम्दानीको प्रमुख स्रोत हुन्। तर खानीमा काम गर्ने अवस्था अत्यन्त जोखिमपूर्ण रहेको र मजदुरहरूले स्वास्थ्य तथा वातावरणीय जोखिमसमेत सामना गर्दै आएका छन्।

खानी भासिने र पहिरो जाने घटना यस क्षेत्रमा नयाँ होइन। खानीका खाल्डा तथा सुरुङ सुरक्षित रूपमा बन्द नगर्ने र भारी वर्षाका कारण माटो कमजोर बन्ने भएकाले दुर्घटनाको जोखिम बढ्ने गरेको स्थानीय स्रोतहरूले बताएका छन्।

2