Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

सङ्खुवासभाको घोर्ले झरना पर्यटकीय गन्तव्य बन्दै

सङ्खुवासभाको घोर्ले झरना पर्यटकीय गन्तव्य बन्दै
A A+ A-

सङ्खुवासभा। सङ्खुवासभाको पाँचखपन नगरपालिका-१ स्थित घोर्ले झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र सहज पहुँचका कारण दैनिक सयौँ पर्यटक झरना अवलोकन गर्न यहाँ आउन थालेका हुन् ।

विश्वकै होचो उपत्यका मानिने अरुण उपत्यका हुँदै, काँडेभ्याकुर पाइने क्षेत्र, विश्वकै पाँचौँ अग्लो मकालु हिमालको दृश्यावलोकन, घनाजङ्गल र वन्यजन्तुको प्राकृतिक वातावरण पार गर्दै पुगिने घोर्ले झरना अहिले नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको हो ।

कुसुवा खोलाबाट निर्मित १९१ मिटर अग्लो यो झरना तीन तहमा विभाजित छ । सबैभन्दा माथिल्लो छाँगा नौ मिटर, दोस्रो ६५ मिटर र अन्तिम ११७ मिटर अग्लो छ । अन्तिम छाँगा सबैभन्दा लामो भएकाले घाम लागेको समयमा प्रायः इन्द्रेणी देखिने र त्यसले झरनाको सौन्दर्यलाई झनै आकर्षक बनाउने स्थानीय बताउँछन् ।

माथिबाट खस्ने पानीको छहरा, हरियाली जङ्गल, चराचुरुङ्गीको चिरबिर आवाज र शान्त वातावरणले पर्यटकको मन लोभ्याउँछ । झरनामा वनभोज खान आउने, तस्विर, श्रव्यदृश्य सामग्री तथा टिकटक बनाउने र प्राकृतिक मनोरञ्जन लिन आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले बताए ।

उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत घोर्ले झरनाको प्रचारप्रसार हुनसँगै यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । पहिला दैनिक २०(३० जना आउने गरेकामा पछिल्लो समय यो सङ्ख्या १०० को हाराहारीमा पुग्ने गरेको उनले जानकारी दिए ।

यहाँ घुम्न विराटनगरबाट आउनुभएकी एलिना बस्नेतले झरनाको प्राकृतिक सौन्दर्यले आफू प्रभावित भएको बताए । सामाजिक सञ्जालमा झरनाको तस्विर र भिडियो देखेपछि यहाँ आउने इच्छा जागेको उनको भनाइ छ । “प्रत्यक्ष रूपमा तस्बिरभन्दा अझ सुन्दर दृश्य यहाँ छन् । स्वच्छ वातावरण, झरनाको आवाज र हरियालीले मन आनन्दित बनाउँछ”, उनले भने ।

पाँचखपन नगरप्रमुख राईले घोर्ले झरनालाई नगरको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण, प्रचारप्रसार तथा आवश्यक बजेट व्यवस्थापनमा प्राथमिकता दिएर काम गरिरहेको बताए । प्रदेश सरकारसँगको सहकार्यमा पदमार्ग, विश्रामस्थल, सुरक्षा र अन्य आवश्यक संरचना निर्माणलाई अघि बढाइएको उल्लेख गर्दै झरनाले जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गरे ।

पाँचखपन(१ का वडाध्यक्ष टेकबहादुर बुढाथोकीले घोर्ले झरनाको संरक्षणसँगै व्यवस्थित विकासमा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको बताए । झरना हेर्न आउने पर्यटकलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन थप पूर्वाधार निर्माणको आवश्यकता रहेको उल्लेख गर्दै उनले यसको प्रचारप्रसार अझ प्रभावकारी बनाउन सके जिल्लाका अन्य पर्यटकीय गन्तव्यसँग जोडेर पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे ।

सदरमुकाम खाँदबारीबाट करिब तीन घण्टाको यात्रा गरेपछि घोर्ले झरनासम्म पुग्न सकिन्छ । बढ्दो पर्यटक आगमनले स्थानीय व्यापार, होटल व्यवसाय, रोजगारीका अवसर सिर्जना, स्थानीय उत्पादनको बजारीकरणलगायत क्षेत्रमा सकारात्मक प्रभाव पार्न थालेको वडाध्यक्ष बुढाथोकीले बताए ।

प्राकृतिक सुन्दरता जोगाउँदै व्यवस्थित विकास गर्न सके घोर्ले झरना सङ्खुवासभाको मात्र नभई कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने सम्भावना रहेको सरोकार भएकाहरू बताउँछन् । झरनासम्म पुग्ने सडक सहज भएकाले परिवार, साथीभाइ तथा समूहमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीय बताउँछन् ।

2