Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अमेरिकी ड्रोन करप्रति चीनको आपत्ति

अ+ अ-

काठमाडौं। चीनले अमेरिकी सरकारले ड्रोन तथा त्यसका पार्टपुर्जामा लगाएको ‘धारा २३२’ अन्तर्गतको करप्रति कडा आपत्ति जनाएको छ।

अगस्ट २० मा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यातोङले अमेरिकी कर नीति ‘राष्ट्रिय सुरक्षा’को आडमा लागू गरिएको एकपक्षीयता र संरक्षणवाद भएको टिप्पणी गरे।

उनका अनुसार अमेरिकामा चीनबाट निर्यात हुने ड्रोन मुख्यतः कृषि, उपकरण निरीक्षण, फिल्म तथा मनोरञ्जनजस्ता नागरिक प्रयोजनमा प्रयोग हुँदै आएका छन्।

अमेरिकी ‘सेक्सन २३२’ उपायले राष्ट्रिय सुरक्षाको अवधारणालाई अतिसामान्यीकरण गर्दै व्यापारिक साझेदारअनुसार फरक कर दर लागू गरेको र चिनियाँ उत्पादनप्रति भेदभाव गरेको चीनको आरोप छ।

प्रवक्ता हेले यस्तो नीतिले चिनियाँ कम्पनीको हितमा गम्भीर असर पार्नुका साथै विश्वव्यापी ड्रोन आपूर्ति शृंखलामा अवरोध सिर्जना गर्ने र निष्पक्ष प्रतिस्पर्धात्मक बजार वातावरण कमजोर बनाउने बताए।

चीनले अमेरिकी कदमको दृढ विरोध गर्दै सम्बन्धित ‘सेक्सन २३२’ कर तत्काल फिर्ता लिन अमेरिकालाई आग्रह गरेको उनले बताए।

2